RSS

युरोपेली युनियन सम्वद्ध देशका राजदुतद्धारा प्रधानमन्त्री नेपाललाई राजिनामा गराउनको लागि दवाव, उपप्रधानमन्त्री कोइराला भन्नु हुन्छ वर्तमान समस्या समाधान गर्द विदेशी मध्यस्थकर्ता चाहीदैन्

10 May

युरोपेली युनियन सम्वद्ध देशका राजदुतहरुले प्रधानमन्त्री माधव कुमार नेपाललाई राजिनामा गराउनको लागि दवाव दिएका छन् । उनिहरुले नेपालमा राष्ट्रिय सरकार र्निमाणको परिस्थीति बनाउनको लागि तथा राजनैतिक गतिरोध अन्तको लागि भएपनि प्रधानमन्त्री माधव कुमार नेपालले राजिनामा दिनुपर्ने भन्दै घुमाउरो तरीकाले प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने वताएका हुन् ।
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुजाता कोइरालासंग भेटनको लागि आज विहान उहाँको निवासमा पुगेका युरोपेली युनिय सम्वद्ध राजदुतहरुले राष्ट्रिय सहमतिको सरकार र्निमाणको लागि वर्तमान सरकारले सहज परिस्थीति वनाइदिनुपर्ने वताएका छन् । उनीहरुले माओवादीले आमहडताल र्फिता लिएपछि सहमतीको वाटो खुलेको भन्दै सरकारलाई लचिलो हुन आग्रह समेत गरेका छन् ।
छलफलमा डेनमार्क, नर्वे, लगायतका राजदुत सहित अमेरीकी राजदुतको पनि सहभागीता रहेको थियो । तर अमेरीकी राजदुतले भने सो छलफलमा केहि वोलेनन् ।
छलफलका क्रममा राजदुतहरुले प्रधानमन्त्रीको राजिनामा आउनु पर्ने प्रस्ताव मात्र राखेनन संविधान सभाको समय अवधी थप्ने भए त्यस सम्वन्धी निर्णय छिटो गर्न समेत दवाव दिएका थिए ।
उनीहरुले ओएचसिएचआरको क्षेत्रीय कार्यालयहरु वन्द गरी राजधानीमा मात्र सिमीत गर्ने सरकारको गृहकार्य प्रति असन्तुष्टी समेत व्यक्त गरेका थिए ।

राजदुतहरुको छलफलको क्रममा नेपालको आन्तरीक समस्या समाधानको लागि सहयोग रहेको भएपनि कसैको मध्यस्थता भने आवाश्यक नरहेको वताउनुभएको थियो । उहाँले भन्नुभयो नेपालको अहिलेको जारी गतिरोध आकै किसीमको रहेको छ त्यसैले अरुको मध्यस्थतामा हुन सक्दैन् । राजदुतहरुसंगको भेटपछि कोइरालाले तपाँई र म मिलेनौ भने वीचको मान्छेले केहि गर्न सक्दैन त्यसैले उनिहरुको मध्यस्थता आवाश्यक नरहेको भन्दै राजदुतहरुलाई पठाएको वताउनुभयो । नेपालको समस्या नेपालीले नै समाधान गर्नुपर्छ । उनले भनिन राजदुतहरुले तिमीहरु मिलेर अघि वढनुस भनेर प्रयास न गर्ने हो दवाव दिने चाँही सुहाँउदो कुरा होइन् ।
माओवादीले हतियार छाडेर नागरीक पार्टी भएमात्र उ संग सहकार्य हुने कोइरालाले सो अवसरमा वताउनु भएको थियो ।
कोइरालाले माओवादी नागरीक पार्टीमा रुपान्तरण भए सहकार्य गर्न कठीनाई नभएको भन्दै लडाकु समायोजन तथा व्यवस्थापनको लागि ठोस कार्ययोजना अघि वढोस भन्ने आफुहरुले चाहना रहेको वताएकी थिइन् । उनले राष्ट्रिय मानवअधिकार आयोगलाई वलियो वनाउनको लागि ओएचसिएचआर लाई केन्द्रीकृत गर्न लागिएको वताइन् ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: