RSS

संविधानसभाको समय थप्न माओवादीले नै प्रस्ताव ल्याएको छः काग्रेस महामन्त्री विमलेन्द्र निधि, राष्ट्रिय सहमतिको सरकार बनाउने प्रस्तावमा माओवादीले अस्विकार गरे एमाले नेता प्रदिप ज्ञवाली

10 May

काठमाडौ, २७ बैशाख । नेपाली काग्रेसका महामन्त्री विमलेन्द्र निधिले एकीकृत नेकपा माओवादीले संविधानसभाको समय थप गर्ने प्रस्ताव तीन दलको बैठकमा ल्याएको खुलासा गर्नु भएको छ ।
माओवादीले सार्वजनिक रुपमा संविधानसभाको समय नथप्ने अभिब्यक्ती दिईरहेको बेला रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा बोल्दै त्यस्तो खुलासा गरेका हुन । उनले म्याद थपको प्रस्ताव माओवादीले कार्यदलमा प्रस्तुत गरेको र त्यसमा छलफल समेत सुरु भएको जानकारी दिएका छन् । उनले भने– संविधानसभाको म्याद थप्न काग्रेस एमाले र माओवादी तीनै पार्टी तयार छन् । त्यसको टुङगो आगामि तीन दलको शिर्ष बैठकले लगाउने छ ।
महामन्त्री निधिले माओवादी सहमतिको राजनीतिको पक्षमा नरहेको आरोप लगाए । उनले भने–काग्रेसले समस्या समाधानकोलागि तीन दलको बैठक तुरुन्तै बसौ भनेर हिजो र आज पनि भनेको छ तर माओवादीले समय छैन भन्दै आलटाल गरिरहेको छ ।
माओवादी सेनाको समायोजन र ब्यवस्थापन नभएसम्म उसको नेतृत्वमा सरकार बन्न नसक्ने ठोकुवा गर्दै काग्रेस पनि अहिले सरकारको नेतृत्व लिने विषयमा तयार नरहेको निधिको तर्क थियो । उनले भने– अहिले सहमतिको कुरा महत्वपूर्ण हो । सरकारको कुरा महत्वपूर्ण होइन ।
सहमतिकालागि सोही अनुसारको भाष सैली र ब्यवहार हुनु पर्नेमा जोड दिदै उनले माओवादीलाई प्रयोग गर्दै आएको भाष शैली र ब्यवहारलाई सुधार्न आग्रह गरे ।
माओवादीले सत्तारुढ दललाई दुस्मनको संज्ञा दिएको प्रति आपत्ति प्रकट गर्दै भने– जोसँग साझेदारी गर्ने हो । उसैलाई दुस्मन ठानेर कसरी सहमति हुन सक्छ भनी प्रश्नसमेत गरे ।
माओवादीलाई सत्तारुढ दलहरुले नयाँ कुरा नभनेको दावी गर्दै उनले पुरानै सहमति कार्यान्वयन गर्न मात्र भनेको भनेको स्पष्ट पारे । उनले भने–हाम्रो तर्फबाट पुरा गर्नु पर्ने काम गर्न हामि तयार छौ । माओवादी आफ्नो जिम्मेवारी पुरा गर्न पनि तयार हुनुपर्छ ।
साक्षात्कारमा एमाले नेता प्रदिप ज्ञावलीले आगामि जेठ ११ गतेभित्र राष्ट्रिय सहमतिको सरकार बनाउने गरि तीन दलको बैठकमा एमाले काग्रेसले कार्ययोजना ल्याएको जानकारी दिदै त्यसलाई माओवादीले अस्विकार गरेको खुलासा गरे ।
राष्ट्रिय सहमतिको सरकार गठनको विषय एमाले र काग्रेसले स्विकार गरिसकेकोले त्यो नयाँ विषय नभएको दावी गर्दै ज्ञावलीले त्यसकालगि माओवादीले शान्ति र संविधान निर्माणमाथिको प्रतिबद्धता जनाउनु पर्ने र नागरिक पार्टीको रुपमा आफूलाई रुपान्तरण गर्नु पर्ने बताएका थिए ।
जेठ १४ पछिको अवस्था जटिल हुने बताउँदै उनले योसमस्या बाट मुलुकलाई पार लगाउन सहमतिको विकल्प नरहेको स्पष्ट पार्नु भयो । उनले अहिलेको अवस्थाबाट मुलुकलाई बाहिर निकाल्न कसैले कसैलाई बाईपास गर्ने काम गर्न नहुने सुझाव दिए ।
माओवादीले आफूलाई समर्थन गर्ने बाहेकका दल , नागरिक समाज र पत्रकारलाई प्रतिगामि भनेको विषयप्रति आक्रोस ब्यक्त गर्दै ज्ञावलीले भने– सबैले एउटै कुरा बोल्ने हो भने मुलुकमा किन अन्य राजनीतिक दल चाहियो । भजन मण्डली खोले भई हाल्छ नी ।
साक्षात्कारमा क्लबका अध्यक्ष ऋषि धमलाले हिजो माओवादी आन्दोलनकारीहरुले सन्चारकर्मीहरुमाथि गरेको आक्रमणको निन्दा गर्दै सो घटनालाई प्रेस स्वतन्त्रतामाथिको गंभिर आक्रमणको संज्ञा दिए । उनले यस्ता कार्य तत्काल रोकेर प्रेस स्वतन्त्रताप्रतिको आफ्नो धारणा स्पष्ट पार्न समेत संबन्धित पक्षसँग आग्रह गरेका थिए । उनले प्रेसमाथिको आक्रमण कुनै पनि हालतमा सह्य नहुने स्पष्ट पार्दै यस्तो क्रियाकलाप दोहोरिए प्रेस स्वतन्त्रताको रक्षाकोलागि क्लब आन्दोलनमा उत्रिने चेतावनीसमेत सो अवसरमा दिएका थिए ।
साक्षात्कारमा सरकार विरुद्ध प्रदर्शन गरिरहेका माओवादी कार्यकर्ताहरुले गरेको प्रेसमाथिको आक्रमणलाई नेताहरुले भवितब्य नभई नियोजित भनेका छन् । उनीहरुले पत्रकारमाथिको आक्रमण प्रचण्डको खुला मन्चको भाषणको प्रतिकको रुपमा नियोजित भएको दावी गरेका थिए । स्वतन्त्र प्रेसलाई लोकतन्त्रको आधार बताउँदै नेताहरुले प्रेसलाई नियन्त्रण गरेर जनता, लोकतन्त्र र जनवादको कुरा गर्नु निरर्थक रहेको दावी पनि गरेका थिए ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: