RSS

महिलामाथी हातपात गदै गरेका तराई मुक्तिमोर्चा कार्यकर्तालाई सिराहाका गाँउलेले कुटेर मारे, पेस्तोल पडकीएर एक गाँउलेको समेत मृत्यु, नवलपरासीमा घाँटीरेटी एक युवकको हत्या

12 मे

काठमाण्डौ २९, वैसाखः
जनतान्त्रीक तराई मुक्ति मोर्चाका एक कार्यकर्तालाई सिराहामा गएराती स्थानीयवासीले कुटपीट गरी हत्या गरेका छन् भने पेस्तोल गलत तरीकाले चलाँउदा एक स्थानीयवासीको समेत मृत्यु भएको छ ।
महिलालाई हातपात गदै आफुलाई तराई जनतान्त्रिक मुक्ति मोर्चाको कार्यकर्ता बताउदै गरेको अवस्थामा गाँउलेहरुले छेकेर कुटपीट गर्दा सिराहाको फुल्काहाकट्टी– २ बस्ने राम बिलास यादवको कुटपिटबाट मृत्यु भएको हो ।
गएराति साढे ११ वजे दुर्गापुर– ६ स्थित निजले एक महिलालाई हातपात गरेपछि स्थानीय बासिन्दाहरुले कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको थियो । उक्त भीडले निजको साथमा रहेको पेस्तोल निकालेर गोली फायर गर्दा सोही ठाँउ बस्ने नथुली पासवानको समेत घटनास्थलमै मृत्यु भएको थियो । आक्रोसीत गाँउलेले पेस्तोल निकालेर चेकजाँच गर्ने क्रममा गलत तरिकाले पेस्तोल पडकंदा उनको मृत्यु भएको वताइएको छ । सो घटनाको वारेमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । घटना पछि सो स्थानको अवस्था अझै तनावपुर्ण रहेको छ ।
नवलपरासीमा घाँटीरेटी एक युवकको हत्या
नवलपरासी स्थीत जमुनी– ६ सिसनिहिया बस्ने ४५ बर्षीय गंगा कुर्मी घाँटी रेटेर हत्या गरेको अवस्थामा फेला परेका छन् । आफ्नै घरमा ढोका खुला राखी सुतेका उनलाई आज विहान साढे २ वजे घांटी रेटी हत्या गरेको अवस्थामा फेला परिएको थियो । उक्त घटनाको सोधपुछको लागी निजको श्रीमती र २ जना भाईलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

Advertisements
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

 
%d bloggers like this: