RSS

सरिता गिरी सर्वोच्च जाने

12 May

काठमाण्डौ २९ वैसाखः
नेपाल सद्भावना पार्टी (आ.) को आधिकारिकताको सम्बन्धमा निर्वाचन आयोगको अस्ती श्यामसुन्दर गुप्तालाई आधीकारीकता दिएको प्रति सरीता गिरी समुहले आपत्ती जनाएका छन् । सरिता गिरी समुहले आज एउटा विज्ञप्ती निकाल्दै र्निवाचन आयोगले गरेको निर्णयले भत्सना गरेका छन् ।
सर्वोच्च अदालतले बदर गरेको निर्णयलाई पुनः स्थापित गरी मुलुकमा विधिको शासन रहेन छ भन्ने आयोगको निर्णयले प्रमाणित गरेको छ भन्दै गिरीद्धारा जारि विज्ञप्तीमा भनिएको छ त्यसको विरुद्धमा पुन सर्वोच्च अदालत जाने वताइएको छ ।
पार्टीले माधव नेपालको सरकारलाई दिइएको समर्थन फिर्ता लिए पश्चात् सरकारको दबाबमा वत्र्तमान सङ्कटलाई टार्नका लागि र सम्मानित सर्वोच्च अदालतको उत्प्रेषण र परमादेशको पनि बेवास्ता गर्दै जस्तो प्रकारले निर्णय आयोगले गरेको छ, त्यसले यस सरकार र निर्वाचन आयोगको असक्षम , स्वेच्छाचारी र भ्रष्ट चरित्रलाई पुनः उदाँगो पारेको छ सरिता गिरीद्धारा आज जारी विज्ञप्तीमा भनिएको छ । प्रस्तुत छ सरीता गिरीद्धारा जारी विज्ञप्तीको पुर्णपाठ ।

नेपाल सदभावना पार्टी आनन्दीदेवी
केन्द्रीय कार्यालय
काठमाडौं, नेपाल
फोन÷फ्याक्स ः ५०११७२७,

प्रेस–विज्ञप्ति

१. नेपाल सद्भावना पार्टी (आ.) को आधिकारिकताको सम्बन्धमा निर्वाचन आयोगको २०६७÷०१÷२७ को विधिको घोर शासनको मान्यताको अपमान भएको छ । सर्वोच्च अदालतले बदर गरेको निर्णयलाई पुनः स्थापित गरी मुलुकमा विधिको शासन रहेन छ भन्ने आयोगको निर्णयले प्रमाणित गरेको छ । पार्टीले माधव नेपालको सरकारलाई दिइएको समर्थन फिर्ता लिए पश्चात् माधव नेपालको सकारको दबाबमा सरकारको वत्र्तमान सङ्कटलाई टार्नका लागि र सम्मानित सर्वोच्च अदालतको उत्प्रेषण र परमादेशको पनि बेवास्ता गर्दै जस्तो प्रकारले निर्णय आयोगले गरेको छ, त्यसले यस सरकार र निर्वाचन आयोगको असक्षम , स्वेच्छाचारी र भ्रष्ट चरित्रलाई पुनः उदाँगो पारेको छ । यस निर्णयले प्रस्ट गरेको छ कि वत्र्तमान सरकार निर्वाचन आयोगको दुरूपयोग गरी स–साना दलहरूलाई आफ्नो सत्ता जोगाउन नियन्त्रित र विभाजित गर्ने दिशामा अत्यन्त सक्रिय रहेको छ । नेपाल सद्भावना पार्टी (आ.) को सम्बन्धमा निर्वाचन आयोगको हालको निर्णयले यो सरकार रहेमा देश निरंकुशता र अस्थिरता तर्फ धकेलिने प्रस्ट भई सकेको छ ।
२. सम्मानीत सर्वोच्च अदालतको निर्णय विरूद्ध निर्वाचन आयोगले निर्णय गरेको अवस्थामा हालको तीन निर्वाचन आयुक्तको राजीनामाको जोरदार माँग पार्टीले गर्दछ । साथै पार्टी निर्वाचन आयोगको निर्णय
(जसको प्रतिलिपी निर्वाचन आयोगले अहिलेसम्म पनि उपलब्ध गराएको छैन) को विरूद्ध सम्मानीत सर्वोच्च अदालतमा न्यायका लागि पुनः जाने निर्णयको व्यहोरा सार्वजनिक गर्दछ ।
३. श्याम सुन्दर गुप्ता संविधान सभामा सरकारद्वारा मनोनीत २६ को कोटा मध्येको एक सभासद भएको हुनाले संविधान सभामा उनको हैसियत व्यक्तिगत सभासदको मात्र रहेको छ र संविधान सभामा श्याम सुन्दर गप्ता दलको प्रतिनीधित्व गर्ने कुनै हैसियत नरहेको पनि म यस प्रेस विज्ञप्ति मार्फत जानकारी गराउँदै छु ।

……………………
(सरिता गिरी)
राष्ट्रिय अध्यक्ष

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: