RSS

४ महिना भित्र माओवादी लडाकुको समायोजन गर्न माओवादी तैयार , प्रचण्ड भन्नु हुन्छ संविधान सभाको म्याद थपेर अझै १ वर्ष माधव नेपाललाई प्रधानमन्त्री वनाउने सडयन्त्र भइरहेको छ

12 May

रविन थपलिया
काठमाण्डौ,२९ वैसाखः
माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लडाकुलाई ४ महिना भित्रमा समायोजन गर्न माओवादी तैयार रहेको वताउनुभएको छ ।
माओवादीले राजधानीमा आज गरेको कार्यक्रममा वोल्दै प्रचण्डले दुई महिना भित्रमा शेनामा जाने वा पार्टीमा वसेर काम गर्ने लडाकुहरु छुट्याएर दुई क्यान्टुन्मेन्टमा उनिहरुलाई छुटयाएर राख्न पनि माओवादी राजी रहेको वताउनु भयो ।
नागरीक समाज, वुद्धिजिवी, व्यापारीहरुको ठुलो उपस्थीतिमा आयोजना गरिएको सो छलफल कार्यक्रममा वोल्दै प्रचण्डले माओवादीनै शेना समायोजनको विपक्षमा रहेको भनेर आरोप लगाँउदै धमिलो पानीमा राजनीति गर्न खोजिएको आरोप समेत लगाउनु भयो । उहाँले समायोजन हुन नसक्ने घाइते र अपाङ माओवादी लडाकुलाई घर र्फकाउन सकिने वताउनुभयो ।
विदेशीको इसारामा चलेको माधव कुमार नेपालको सरकारले कुनै पनि हालतमा राजिनामा नगर्ने मनस्थीतिमा रहेको भन्दै प्रचण्डले नेपाली जनताहरु उठे भने २ दिनमानै सरकार छाडने वताउनुभयो । प्रचण्डले भन्नुभयो हामीलाई थाहा छ माधव नेपालले माओवादीले मात्र होइन एमालेले भने पनि उनले राजिनामा दिने पक्षमा छैनन् ।
नेपाल विदेशीको रिमोर्ट कन्ट्रोलवाट अझै चलिरहेको वताँउदै प्रचण्डले संविधान सभाको म्याद थप गरे पनि अझै एक वर्ष उनलाई भारतले प्रधानमन्त्री वनाउन चाहिरहेको वताउनुभयो ।
माओवादीले हतियार शेना छाडी नागरीक पार्टी भएमा उनिहरुको नेतृत्व स्वीकार्न सक्ने भन्ने दलहरुको भनाईको जवाफ दिदै प्रचण्डले भने हतियार थन्काएर शेनालाई क्यान्टुनमेन्ट राखेकै दिन देखि माओवादी नागरीक पार्टी भएको दावी गर्नुभयो ।
उहाँले भन्नु भयो संविधान सभाको भाग लिँदा र ९ महिना सरकार चलाँउदा नागरीक पार्टी हुने तर अहिले एका एक यस्तो कुरा आउनु रहस्यम छ ।
संविधान सभाको म्याद थप गर्ने विषयमा सहमती जनाए पनि नजनाए पनि माओवादीलाई दवाउने खेल भएको प्रचण्डले वताउनुभयो । प्रचण्डले भारतको इसारामा म्याद थप गरेर माधव नेपालको सरकारलाई निरन्तरता दिने र माओवादीलाई गोदेर भएपनि तहलगाउने पक्षमा रहेको वताउनुभयो ।
स्व गिरीजाप्रसाद कोइराला र आफुहरु विच शेना समायोजनको विषयमा झण्डै निस्कर्षमा पुगिसकेको दावी गदै प्रचण्डले भन्नु भयो मैले ५,७ हजारको समायोजन भनेको थिए गिरीजावावुले ३,४ हजार भन्नु भएको थियो । गिरीजावावुसंग समायोजनको कुरा भएपछी आफुले ५ हजार नेपाली शेनामा र केहिलाई प्रहरी र घर र्फकन चाहनेलाई र्फकाउने मनस्थीतिमा रहेको भएपनि अहिले त्यसको विपक्षमा काम भईरहेको प्रति गुनासो गर्नुभयो ।
कव्जा गरेको सम्पती र्फिता गर्न माओवादी तयार रहेको भन्दै प्रचण्डले वेपत्ता भएकाहरुको खोजीको लागि आयोग वनाएर अगाडी वढने विषयमा सहमती भईसकेको वताउनुभयो । प्र्रचण्डले भन्नुभयो युद्धको वेला पक्राउ परेकाहरु मरेका भए मरेका छन भन्नुपर्यो परिवारले काज किरीया गर्छन छन भने देखाईदिनु पर्यो ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: