RSS

अन्मीनको म्याद ४ महिना थप,परराष्ट «मन्त्रालयले आजदेखि नागरीकता भएकालाई तुरुन्त पासपोर्ट दिन, एम आरपी छपाईमा दिने टेण्डर प्रकृया अन्तीम चरणमा

13 May

अन्मीनको म्याद ४ महिना थप

काठमाण्डौ ३०, वैसाखः
संयुक्त राष्ट्रसंघिय सुरक्षा परिषदले अन्मीनमो म्याद ४ महिनाको लागि थप्ने निर्णय गरेको छ । नेपाली समय अनुसार गएराती परिषदले आगामी सेप्टेम्वर सम्मको लागि म्याद थप गरेको हो । यस अघि नेपाल सरकारले अन्मीनको म्याद थप्नको लागि सिफारीस गरेको थियो ।
नेपालको शान्ति प्रकृयामा सहयोग पुरएको भन्दै अन्मीनको म्याद थप गर्नुपर्ने भन्दा नागरीक समाजवाट पनि दवाव दिँदै आएको थियो ।

परराष्ट «मन्त्रालयले आजदेखि नागरीकता भएकालाई तुरुन्त पासपोर्ट दिन, एम आरपी छपाईमा दिने टेण्डर प्रकृया अन्तीम चरणमा

काठमाण्डौ ३०, वैसाखः परराष्ट «मन्त्रालयले आजदेखि नागरीकता भएकालाई तुरुन्त पासपोर्ट दिने भएको छ ।
यस अघि पासपोर्ट लिनको लागि सभासदको सिफारीस चाहीने भएकाले सर्वसाधारणले सास्ती खेप्दै आएका थिए । सर्वसाधारण जनताले सभासदलाई भेटेर सिफारीस पत्र सहित निवेदन दिएपछि मात्र मन्त्रालयले पासपोर्ट दिने प्रकृया सुरु गदै आएको थियो ।
उता मन्त्रालयले मेसीन रिडेवल पासपोर्ट एमआरपी छपाईको लागि टेन्डर आव्हान गर्ने अन्तीम तयारीमा रहेको वुझिएको छ । गत चैत १९ गते देखि एमआरपी लागु गर्नुपर्ने भएपनि नेपालले आन्तरीक समस्याका कारण सो लागु गर्न सकेको छन् ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: