RSS

माओवादी नेतृत्वको संयुक्त राष्ट्रिय सरकार बन्दैन ः बिजुक्छे

13 May

काठमाडौं, वैशाख २९ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले तत्काल माओवादी नेतृत्वको संयुक्त राष्ट्रिय सरकार नबन्ने दाबी गरेका छन् ।

आज रिपोर्टर्स क्लब नेपालको विशेष साक्षात्कार कार्यक्रममा नेता बिजुक्छेले भने, ‘अराजक व्यवहार र सत्ताकब्जाको रणनीति त्यागे माओवादीलाई सरकारमा सहभागी गराउन सकिन्छ तर सरकारको नेतृत्व दिन सकिँदैन ।’कार्यक्रममा बिजुक्छेले छुट्टै सेना र हतियार भएको पार्टीलाई सरकारको नेतृत्व दिनु आत्मघाती हुने जिकिर गरे । ‘अहिले माधवकुमार नेपालले राजीनामा दिन आवश्यक छैन, सरकारलाई नेमकिपाको पूर्ण समर्थन छ र कुनै पनि हालतमा समर्थन फिर्ता लिँदैन,’ उनले भने ।
उनले अब बन्ने सरकारमा पनि आफ्नो पार्टी सहभागी नहुने स्पष्ट पारे । ‘सरकारको नेतृत्व गर्न मलाई धेरै प्रस्ताव आएका हुन् । तर, सरकारको नेतृत्व त ठूला पार्टीले गर्ने हो । साना पार्टीले नेतृत्व गर्नु जनमतको अपमान हो,’ उनले भने ।लोकतन्त्रमा प्रमुख प्रतिपक्ष पनि छाया सरकार भएको औल्याउँदै उनले माओवादीलाई जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गरे । ‘सबैभन्दा ठूलो पार्टी भएको नाताले समयमै संविधान नबन्नुमा माओवादी दोषी छ । गच्छेअनुसार अरु पार्टीले पनि जिम्मेवारी लिनुपर्छ,’ उनले भने ।
कार्यक्रममा बिजुक्छेले अहिलेको राजनीतिक निकास राष्ट्रपति शासन नै भएको दोहो¥याए । ‘सबै दलले हस्ताक्षर गरेको अन्तरिम संविधानमा नै संकटकाल लगाएर राष्ट्रपति शासनको परिकल्पना गरिएको छ,’ उनले भने– अहिलेको सही निकास राष्ट्रपति शासन नै हो । यो संविधानसम्मत पनि छ ।राष्ट्रपति शासनको विकल्पमा संविधानसभाको म्याद थप रहेको उनको भनाइ थियो । ‘मैले सुनेअनुसार दलहरु म्याद थप्ने बाटोमा अघि बढिरहेको छन्,’ उनले भने । राष्ट्रपति शासनका पक्षमा माओवादीसँग नेमकिपाको धारणा मिल्ने समेत उनले बताए । उनले भने, ‘नेपालमा प्रधानमन्त्रीय पद्धति असफल भइसक्यो ।’

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: