RSS

शेनाले प्राविधिक पदपुर्ती गर्न पाउछ ः सर्वोच्च

13 May

काठमाण्डौ ३०, वैशाखः
नेपाली शेनाले हालै विज्ञापन मार्फत खुला गरेका प्राविधिक पदमा भर्ना गनको लागि सर्वोच्च अदालतले आदेश दिएको छ ।
वैसाख ६ गते गोरखापत्रमा विज्ञापन प्रकाशित गदै नेपाली शेनाले रिक्त रहेको चिकीत्सक, इन्जिनियर, ओभरसियर, मेकानिक्स लगायतको प्राविधिक पदमा भर्ना खुल्ला गरेको थियो ।
नेपाली शेनाले पदपुर्तीको लागि गरेको विज्ञापन शान्ति सम्झौता विपरीत भएको भन्दै अधिवक्ता श्रीकृष्ण सुवेदीले रिट दायर गरेका थिए । सुवेदीको रिटको सुनुवाई गदै हिजो सर्वोच्च अदालतका न्यायधिशद्धय तपवहादुर मगर र कृष्ण प्रसाद उपाध्यायको संयुक्त इजलासले यस्तो फैसला सुनाएको हो ।
फैसलामा निवेदकको जिकीर मनासिव नभएको र शान्ति सम्झौतामा उल्लेख भएभन्दा वढीसंख्यामा भर्ना नगर्न सर्वोच्चले आदेश दिईसकेको भन्दै शेनालाई भर्नाको वाटो खुला गरिदिएको हो ।
सुवेदीले रिटमा जंगी अड्डा, रक्षामन्त्री र प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयलाई विपक्ष वनाँउदै अन्तरीम आदेश जारी गर्नको लागि रिट हालेका थिए ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: