RSS

स्व गिरीजा प्रसाद कोइरालाको स्थानमा भट्टराई सभाषदको रुपमा सिफारीस, केन्द्रीय समितीले अनुमोदन गरेपछि मात्र नियुक्ती पाउने ,माओवादीले सिराहामा काँग्रेस महासमिती सदस्यको अपहरण गरे

13 May

काठमाण्डौ, ३० वैसाखः
स्व गिरीजाप्रसाद कोइरालाको निधन पछि रिक्त रहेको सभासद पदमा
नेपाली कांग्रेसको संसदिय बोड्को बैठकले नेपाली कांग्रेसका केन्द्रिय सदस्य मनमोहन भटट्राईलाईको नाम चयन गरेको छ । आज बिहान बसेको संसदिय बोडको बैठकले उनको नाम चयन गरेको हो ।
नेपाली कांग्रेसका कार्यबहाक सभापति शुशिल कोइरालाको निवासमा बसिरहेको बैठकमा पाटि सभापति गिरिजाप्रसाद कोइरालाको निधन पछि रित्त रहेको संविधानसभा सदस्य पदमा कसलाई सिफारिस गर्ने भन्ने बारेमा नेताहरु बिच कसैको नाममा पनि सहमति हुन नसके पछि बहुमतको आधारमा मनमोहन भटट्राईको नाम सिफारिस भएको हो । मनमोहनको पक्षमा शेरवहादर देउवा, ससंदिय दलका नेता रामचन्द्र पौडेल विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, र प्रकाशमान सिंहले समर्थन गनु भएको थियो भने कार्यवहाक सभापति शुशिल कोइरालले भने मोरङ्गका दिलिप सापकोटा , रामचन्द्र पोख्रेल , तनहुँका पार्टि सभापति रघुनाथ पौडेलको नाम प्रस्ताव गनु भएको थियो भने केन्द्रिय सदस्य शुनिल भण्डारीको पक्षमा महामन्त्री कुलबहादुर गुरुङ्ग र अर्का सदस्य विनयध्वज चन्दले समथर्न जनाएका थिए तर पार्टिका कार्यवहाक सभापति शुशिलले भण्डारीको पक्षमा समर्थन नगरेपछि शेरबहादुर निकट भटट्राईनै चुनिन पुगेका थिए । संसदिय दलको निवार्चनमा एक भएका शुशिल , रामचन्द्र र प्रकाशमानको गठबन्धन छ महिनामा नै रित्त एक सदस्य चयन प्रक्रियाकै कारण कमजोर हुन पुगेको छ । माओवादीविरुद्ध खरोरुपमा प्रस्तुत हुनसक्ने भटराई कांग्रेसभित्रका गणतन्त्रवादी नेताका रुपमा चिनिन्छन् ।
तनहुँका कांग्रेस नेता ध्रुव वाग्लेलाई पौडेलको सट्टा देउवाले प्रस्ताव गरेका थिए । वाग्ले तत्कालिन प्रजातान्त्रिकका तर्फबाट जिल्लासभापति भएकै कारण पौडेल आफ्नै गृहजिल्लाका नेताको विपक्षमा उभिन पुगेका थिए । तनहुँकै वहालवाला पार्टी सभापति रघुनाथ पौडेलको नाम सुशिलले प्रस्ताव गर्दा समेत रामचन्द्र पौडेल विरो्ध गरिरहेको बैठकमा सहभागी एक नेताले जानकारि दिए । यो नाम लाई केन्द्रिय समितिले अनुमोदन गर्ने छ ।

माओवादीले सिराहामा काँग्रेस महासमिती सदस्यको अपहरण गरे

काठमाण्डौ ३०, वैसाखः
माओवादी कार्यकर्ताहरुले गएराती नेपाली काँग्रेस सिराहाका महासमिती सदस्य वालकृष्ण यादवको अपहरण गरेका छन् ।
सोठीयानी स्थीत घरमा सुतिरहेको अवस्थामा आधार्दजनको संख्यामा आएका माओवादी कार्यकर्ताहरुले उहाँलाई अपहरण गरेको परिवारले जनाएको छ ।
अपहरणको क्रममा माओवादी कार्यकर्ताहरुले सुनका गहना र केहि वहुमुल्य सामान समेत लुटी लगेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: