RSS

जेठ १४ पछि वर्तमान सरकार नै निरन्तर रहने ः सञ्चारमन्त्री

15 May

काठमाडौं, १ जेठ । सरकारका प्रबक्ता एवं सूचना तथा सञ्चारमन्त्री शंकर पोखरेलले संविधानसभाको म्याद नथपिए पनि १४ जेठपछि मुलुकमा संवैधानिक संकट नआउने र त्यसपछि समेत वर्तमान सरकारको शासकीय अधिकार यथावत रहने दाबी गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालद्वारा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले जेठ १४ पछि कार्यकारी हैसियत नभएको संविधानसभा रहने र राष्ट्रपति, प्रधानमन्त्रीसहित वर्तमान सरकार यथावत अवस्थामै रहन समेत बताएका छन् ।
‘हामी जेठ १४ पछि पनि संवैधानिक संकट नआउने गरी समाधान खोज्न प्रयत्नरत छौँ र त्यो सम्भव छ ’ मन्त्री पोखरेलले भने, ‘यदि प्रमुख दलहरुबीच सहमति भएन भने पनि संवैधानिक संकट उत्पन्न हुँदैन,त्यसपछि सरकारको शासकीय अधिकार पनि यथावत रहन्छ ।’
रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा मन्त्री पोखरेलले संविधानसभाको आयुसम्बन्धी प्रश्न माओवादीको व्यवहार आचरणमा भर पर्ने तर संकटकाल भनें नलाग्ने स्पष्ट पारेका छन् । ‘सरकार संकटकालको भारी बोक्न तयार छैन, त्यस्तो आवश्यकता पनि छैन’ मन्त्री पोखरेलले भने, ‘सडकबाटै सत्ता कब्जा गर्छौँ भनेका बेला त सामान्य सुरक्षा अवस्थामा निषेधित क्षेत्र नै यथावत रह्यो भनें अब किन संकटकालको भारी बोक्ने ?’
प्रधानमन्त्री माधवकुमार नेपालको राजीनामालाई शान्ति र संविधान निर्माण प्रक्रिया अघि बढ्ने शर्तका रुपमा अघि सार्ने माओवादीको प्रस्ताब कुनै पनि हालतमा स्वीकार्य नभएको भन्दै मन्त्री पोखरेलले सरकारको राजीनामाको कुनै सम्भावना नभएको जिकिर गरे । ‘शान्ति र संविधानको सुनिश्चितताका लागि प्रमुख दलहरुबीच सहमति कायम हुनुपर्छ भन्नेमा सरकार स्पष्ट छ, तर त्यसका लागि सरकार परिवर्तनको जरुरी छैन’ मन्त्री पोखरेलले भने ,‘राष्ट्रिय सहमति भयो भनें त्यसलाई सरकारले कार्यान्वयन गर्छ, यदि सहमति भएन भनें आउने चुनौतिहरुको सामना गर्न सरकार तयार छ । चुनौतिकै बीचमा जन्मेको सरकार चुनौतिको सामना गर्नबाट पछि हट्दैन ।’
विधि र प्रक्रिया नाघेर सरकारले राजीनामा दिनुपर्ने कुनै जरुरत नभएको बताउँदै मन्त्री पोखरेलले भने, ‘सरकारले राजीनामै दिनुपर्ने गरी कुनै गलत काम गरेको छैन ।’ एकीकृत माओवादी शान्ति र संविधानसभालाई आफ्नो एजेन्डाका रुपमा प्रस्तुत गरेर शक्ति हत्याउन चाहेको तर उसका तर्क र गतिविध शान्ति बिरोधी रहेको पनि मन्त्री पोखरेलको आरोप थियो । ‘शान्ति प्रक्रिया सफल नहुँदा आफूलाई फाइदा पुग्ने उसले ठानेको छ ’ पोखरेलले भने, ‘यदि माओवादी इमान्दार छ भनें सम्बाद,सहमति र सहकार्यको भाषा बोल्नुपर्छ । र उसले सहयोगी भूमिका निर्वाह गर्नैपर्छ ।’
तर, आमहड्तालबाट माओवादीलाई धक्का लागेको बताउँदै पोखरेलले सरकार परिवर्तनको मुद्दालाई उसले दलहरुसँग वार्ताको शर्त राख्नुको कारण त्यसबाहेक अरु नभएको पनि टिप्पणि गरे ।
उद्योगी र व्यवसायीहरुले राज्यलाई कर नतिर्ने भन्ने दिएको चेतावनीलाई ‘जनता बिरुद्धको फैसला’ भन्दै मन्त्री पोखरेलले त्यसमा पुनराबलोकन गर्न आह्वान गरे । ‘उद्यमी व्यवसायीहरु करलाई जोडेर राजनीतिक बिबादमा फस्नु हुँदैन’ पोखरेलले भने, ‘जस्तो सुकै अबस्थामा पनि उहाँहरुले राज्यलाई कर तिर्नुपर्छ, त्यसका लागि उहाँहरु असहयोगी बन्नुहुन्छ भन्ने मलाई विश्वास छैन ।’
उद्यमीहरुलाई परेको समस्याका बारेमा सरकार जानकार र चिन्तित रहेको बताउँदै उनले उद्यामीहरुकै हितका लागि नयाँ उद्योग नीति कार्यान्वयन हुन लागेको पनि जानकारी दिए । थपिएको चार महिना म्याद अपुग भएको भन्ने संयुक्त राष्ट्रसंघीय मिसन अनमिन प्रमुख करिन ल्यानग्रिनको भनाई ‘कुटनीतिक हिसाबले राम्रो नभएको’ टिप्पणि गर्दै सञ्चारमन्त्री पोखरेलले भने, ‘उहाँले म्यादको चिन्ता गर्ने हैन, सरकारले तोकेको समयसीमाभित्र काम गर्नुपर्छ । सरकारले तोकेको म्यादभित्र आफू रहने कि नरहने भन्ने मात्रै उहाँले चिन्ता गर्नुपर्ने हो, अरु होइन ।’
माओवादीहरु अराजजकताको बाटोमा गएको र सरकार विधिसम्मतरुपमा अघि बढेको दाबी गर्दै मन्त्री पोखरेलले सहमतिको बीचबाटो नरहने स्पष्ट पारे । ‘विधि र अराजकताको बीचमा बाटो छैन, विधिभित्र लचकताका बारेमा छलफल हुनसक्छ तर विधिकै बिकल्प छैन’उनले भने । भुटानको थिम्पुबाट फर्केपछि प्रधानमन्त्रीले राजीनामा दिने भन्ने कुरा एमाले उपाध्यक्ष बामदेव गौतमले उठाएको तर त्यो कुरा आधिकारीक नभएके पनि मन्त्री पोखरेलले टिप्पणि गरे । तर, प्रधानमन्त्री नेपाल सहमतिका लागि सहयोगी बन्ने पनि उनले बताए ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: