RSS

माओवादीले काठमाण्डौ गंगवुवाट एक सर्वसाधारणको अपहरण गरे, अपहरितको जीवन रक्षाको लागी परिवारद्धारा अनुरोध

15 May

काठमाडौ, १ जेठ । गत बैशाख २४ गते गंगबुको विनायक अस्पतालबाट अपहरणमापरेका धादिङ्ग ३ झार्लाङ्गका सुरेन्द्र तामाङ्गको जीवनरक्षा र सकुसल रिहाईकोलागि उनको परिवारले अपिल गरेको छ ।
रिपोर्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलनको आयोजना गरेर अपहरितकी श्रीमती मनिषा र भाई सूर्यबहादुरले संयूक्त रुपमा त्यस्तो अपिल गरेका हुन ।
पत्रकार सम्मेलनमा अपहरित तामाङ्गका परिवारले उनको अपहरण मुक्तीकोलागि पहल गरिदिन नेपाल सरकार, सन्चार जगत, अधिकारकर्मी र नागरिक समाजलाई आग्रह पनि गरे ।
अपहरितका परिवारका अनुसार बालाजु माछापोखरीमा रहेको म्याग्दी गेष्ट हाउसका सन्चालक प्रेम चोखाई सगै अपहरणमा परेका तामाङ्गलाई तत्कालिन समयमा आन्दोलनकालागि राजधानी आएका माओवादी कार्यकर्ताले शिविर बनाई बसेको फरवार्ड एकेडेमीमा पु¥याएको अपहरणको तीन घण्टा पछि नै रिहा गरिएका
चाखाईले जानकारी दिएको पत्रकार सम्मेलनमा जानकारी दिएका छ । सोही आधारमा पीडित परिवारले माओवादीले अपहरण गरेको किटानीसहित प्रहरीमा उजुरी दिए पनि प्रहरीले अपहरितलाई खोज्नुको साटो उल्टै पीडित परिवारलाई पीडा दिने गरि प्रश्न गर्ने गरेको गुनासो पनि गरेका थिए ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: