RSS

सविधानसभा मधेसको हकमा धोकाको थलो भएको सावित

15 May

सुनसरी, १ जेष्ठ
मधेसका बुद्धिजिवि तथा नागरिक समाज लगायत वहुमत बक्ताले सुनसरीको सदरमुकाम इनरुवामा सविधानसभा मधेसी जनताको नाममा धोकाको थलो सावित भएको आरोप लगाएका छन ।
२ पटक सरकार सगँ वर्ता गरि पूनः बन्दूक उठाउने चेतावनी दिई रहेको मधेस मुक्ति टाइगर्सले आयोजना गरेको एक दिने बृहत अन्तरकृया कार्यक्रममा बोल्दै कार्यक्रममा वक्ताहरुले त्यस्तो आरोप लगाएका हुन ।
वक्ताहरुले निर्धारित समयमा सविधान नबन्ने निश्चीत भएपनि हाल सम्ममा उक्त सविधानसभाद्धारा प्रस्तूत गरिएको प्रस्तावहरुमा मधेस प्रति उदासिन देखिएका कारण पनि उक्त सविधानसभा मधेसको हकमा धोकाको थलो बनेको आराप लगाए ।
कार्यक्रमा बोल्दै अधिकांस वक्ताहरुले सविधानसभालाई कुनै पनि बाहानामा म्याथ थप गर्न नहुने तर्क गरेका हुन ।यदि सविधानसभाको म्याद थपे मधेसी जनताले त्यसको प्रतिरोध गर्नै चेतावनी समेत दिएका छन ।
कार्यक्रममा बिभिन्न राजनितिक दलका नेता तथा नागरिक समाज एवँ बुद्धिजिविहरुले आफना मन्तब्य राखेका थिए । टाइर्गसका जिल्ला इन्र्चाज सम्राट सिहंको सभापतित्व एवं टाइगर्समा केन्द्रिय इनर्चाज रमण सिहंको प्रमुख आथ्यिमा सम्मपन्न उक्त कार्यक्रममा मधेस मिडिया मिसनका केन्द्रिय अध्यक्ष इकवाल अहमद,बृद्ध नेता एवं बुद्धिजिवि श्यामलमल मिश्रा,नेपाल बिधार्थी फ्रन्ट लोकतान्त्रिकका अध्यक्ष कपिलेश्वर यादव, फोरम नेपालका जिल्ला अध्यक्ष एसएन मेहता ,सदभवनाका देवराम मधेसि लगायत ,काग्रेस,माओवादी,तमलोपा लगायत बिभिन्न राजनीतिक दलका नेताहरुले समेत सम्वोधन गरेका थिए ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: