RSS

काँग्रेसलाई सभासदहरुको सुझाव कम्तीमा संविधान सभाको म्याद एक वर्ष थप्नुपर्छ

16 May

काठमाण्डौ, २, जेष्ठः
नेपाली काँग्रेसका अधिकंस सभाषदहरुले संविधान सभाको म्याद कम्तीमा एक वर्ष थप्नको लागि काँग्रेसलाई सुझाव दिएका छन् ।
संविधान सभाको म्याद थप गर्ने विषयमा नेताहरुको फरक फरक मत आउन थालेपछि नेपाली काँग्रेसले आज अपरान्न केन्द्रीय कार्यसमिती र संसदीय दलले सभासदहरुसंग राय मागेको थियो ।
हिजो केन्द्रीय समितीको वैठकमा वोल्ने नेताहरुले संविधान सभाको म्याद थप गर्ने विषयमा फरक फरक मत राखेपछि काँग्रेसले सभासदहरुको मत वुझनको लागि आज छलफल कार्यक्रम राखेको थियो ।
आज वोलेका ४५ सभासद मध्य अधिकंसले संविधान सभाको म्याद १ वर्षनै थप्नु पर्ने सुझाव दिएका थिए । काँग्रेस संसदीय दलका प्रवक्ता नविन्द्रराज जोसीले सभासदहरुको सुझावलाई अध्ययन गरेर केन्द्रीय कार्यसमितीले निर्णय गर्ने वताउनुभयो ।

उता नेपाली काँग्रेसका नेताहरुको एउटा समुहले भने संविधान सभाको म्याद थप्ने नहुने धारणा राखेका छन् । उनिहरुले माओवादीलेनै संविधान सभाको म्याद थप्ने प्रस्ताव गरीरहेकाले काँग्रेसले त्यस्तो निर्णय गर्ननहुने दावी गरेका छन् । काँग्रेसका
खुमवहादुर खडका, गोविन्दराज जोसी, वलवहादुर केसी, बिनयध्वज चन्द लगायतले कुनै पनि हालतमा संविधान सभाको म्याद थप गर्न नहुने तर्क राखेका छन् ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: