RSS

माओवादीले जेष्ठ १४ गते नयाँ संविधान जारी नभए १५ गते जनताको संघिय गणतन्त्रात्मक संविधान घोषणा गर्ने

16 May

काठमाण्डौ ,२ जेष्ठः
माओवादीले जेष्ठ १४ गते नयाँ संविधान जारी नभए जेष्ठ १५ गते सडकवाट जनताको संघीय गणतन्त्रात्मक संविधान घोषणा गर्ने निर्णय गरेको छ ।
एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को मुख्यालय पेरिसडा“डामा आज बसेको पोलिटब्यूरोको वैठककाले जेठ १५ गते गणतन्त्र दिवसलाई देशव्यापी उत्सवको रूपमा मनाउने निर्णय गरेको हो ।
माओवादीको वैठकले संविधानसभाको म्याद थप्नुको कुनै औचित्य नरहेको ठहर गदै अन्तरिम संविधानको बहुमतीय प्रणालीसम्बन्धी व्यवस्था संशोधन गरी सहमतीय प्रणालीको सुनिश्चितता नभएसम्म कुनै पनि हालतमा संविधानसभाको म्याद नथप्ने निर्णय गरिएको छ ।
वैठकले पूर्वनिर्धारित जेठ ४ गतेको देशव्यापी आन्तरिक प्रशिक्षण कार्यक्रम र जेठ ११ गतेको देशव्यापी सभा र जुलुस स्थगित गरेको छ ।

प्रस्तुत छ माओवादीको पोलीटव्युरो वैठकपछि जारी वक्तव्यको पुर्णपाठ
प्रेस–वक्तव्य

हाम्रो गौरवशाली पार्टी एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को मुख्यालय पेरिसडा“डामा आज २०६७ जेठ २ गते बसेको पोलिटब्यूरोको वैठकका निर्णयहरू सार्वजनिक गर्न यो वक्तव्य जारी गरिएको छ ः

१. पूर्वनिर्धारित जेठ ४ गतेको देशव्यापी आन्तरिक प्रशिक्षण कार्यक्रम र जेठ ११ गतेको देशव्यापी सभा र जुलुस हाललाई स्थगित गरिएको छ ।

२. यही जेठ ७ गते बिहानैबाट पार्टीको केन्द्रीय समितिको वैठक बस्ने छ ।

३. हाम्रो पार्टी शान्तिप्रक्रियाको तार्किक निष्कर्ष र नया“ संविधाननिर्माणको लागि संविधानसभाको रक्षा गर्न प्रतिबद्ध छ । यो सरकार रहेसम्म संविधानसभाको म्याद थप्नुको कुनै औचित्य छैन । अतः अन्तरिम संविधानको बहुमतीय प्रणालीसम्बन्धी व्यवस्था संशोधन गरी सहमतीय प्रणालीको सुनिश्चितता नभएसम्म कुनै पनि हालतमा संविधानसभाको म्याद नथप्ने निर्णय गरिएको छ ।

४ यही जेठ १५ गते गणतन्त्र दिवसलाई देशव्यापी उत्सवको रूपमा मनाउने र सोही दिन जनताको संघीय गणतन्त्रात्मक संविधान सार्वजनिक गर्ने निर्णय गरिएको छ । .

जेठ २, २०६७

दीनानाथ शर्मा
प्रवक्ता

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: