RSS

संविधान सभाको म्याद थप हुन्छ ः उपाध्यक्ष श्रेष्ठ,म्याद थपिने निश्चित छ, यो विवादको विषय होईन ः नेता सिटौला

18 May

काठमाडौ, ४ जेठ । संविधान सभाको म्याद थप गर्ने विषयलाई लिएर एकीकृत नेकपा माओवादीले पूर्व सर्तहरु अगाडि सारिरहेको बेला सो पार्टीका एक वरिष्ठ नेताले संविधानसभाको म्याद थप अहिलेको राष्ट्रिय आवश्यकता भएको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा वोल्दै माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले भन्नु भयो– संविधानसभाको आवश्यकता छ । यसको म्याद थप गर्नु पर्छ, हुन्छ र यो निर्विकल्प हो । एकीकृत माओवादी संविधान सभाको म्याद थप्ने पक्षमा छ । त्यसकोलागि राष्ट्रिय सहमति आवश्यक छ ।
यद्यपि उहाँले शान्ति र संविधान सुनिश्चित हुने बातावरण नबनेसम्म यथास्थिथिमा भने संविधानसभाको म्याद थप नगर्ने पनि स्पष्ट पार्नु भयो । माधबकुमार नेपालको राजिनामा अल्यावश्यक छ । उहाँले राजिनामा दिईसके पछि संविधान सभाको म्याद पनि थपिन्छ । शान्ति प्रक्रिया पनि अगाडि बढछ र राष्ट्रिय सहमतिको सरकार पनि बन्छ श्रेष्ठको कठन थियो ।
शान्ति र संविधानकोलागि दुई तिहाई बहुमतको आवश्यकता पर्ने तथ्य स्मरण गर्दै उहाले यसलाई तुहाउने हो भने आफ्नो पार्टीलाई सरकार नचाहिने बताउनु भयो । उपाध्यक्ष श्रेष्ठले भन्नु भयो – शान्ति र संविधानको लागि दुई तिहाई बहुमतको आवश्यकता रहेकोले हामिले सहमतिको सरकार गठनमा जोड दिएका हौ । अहिले बहुमतिय आधारमा बनेको सरकारले मुलुकको कुनै पनि समस्याको समाधान गर्न सक्दैन ।
रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको सो साक्षात्कारमा उहाँले मुलुकमा जारी गतिरोध अन्त्य गर्दै सहमतिका साथ मुलुकलाई अगाडि बढाउन माओवादी तयार रहेको उल्लेख गर्दै राष्ट्रिय संयूक्त सरकारको नेतृत्वकोलागि विकल्प दिन तयार रहेको समेत बताउनु भयो । उहाले भन्नु भयो –शान्ति कायम र संविधान निर्माणको सुनिश्चितताकोलागि अहिलेको सरकारले राजिनामा दिन्छ भने हामि सरकारको नेतृत्व आफैले गर्ने पक्षमा छैनौ विकल्प दिन तयार छौ । हामि सहमतिको लागि कहिल्यै हलो अडकाउँदैनौ ।
जेठ १४ गते संविधान बन्न नसकेको सम्पूर्ण जिम्मेवारी पनि सरकारले नै लिनु पर्ने बताउनु भयो । सरकारले माओवादीको सहमति विना संविधानसभाको म्याद एक वर्ष थप गर्ने गरि ल्याएको संविधानको ससोधन विधेयकलाई जनता झुक्याउने चालबाजीको संज्ञा दिदै उहाले भन्नु भयो – संसोधन विधेयक धोका हो । यसले समस्याको समाधान का साथै संविधान र शान्तिलाई पनि सुनिश्चित गर्दैन ।
साक्षात्कारमा नेपाली काग्रेसका नेता एवम् पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलाले संविधानसभाको म्याद थप हुने निश्चित भईसकेको खुलासा गर्दै यो विषयमा तर्क वितर्क गर्नुको कुनै औचित्य नभएको बताउनु भयो । उहाले भन्नु भयो– माओवादी आफै संविधानसभा बिघठन हुन नदिन आन्दोलन गरिरहेको अवस्थामा सरकारले संसोधन विधेयक ल्याएकोले पनि म्याद थपिने निश्चित छ । संविधान सभाका म्याद थप्न माओवादी पनि सहमत हुन्छ । अहिले संविधान सभाको म्याद थपको विषय प्रमुख एजेण्डा होइन । सबै दलहरु यसमा सहमत भईसकेका छन् । खाली माओवादीले बार्गेनिङ गरिरहेको छ । मलाई विश्वास छ, माओवादीले अन्ततः संविधान सभाको म्याद थप्न सहयोग र समर्थन गर्ने छ ।
केन्द्रीय सदस्य सिटौलाले आज विहान काग्रेस र माओवादी उच्च नेतृत्वविच भएको बार्तामा पनि म्याद थप्न माओवादी सहमत भए पनि प्रक्रिया गत कुरामा मात्रै असहमति रहेको बताउनु भयो । बैठक अत्यन्तै सकारात्मक दिशामा अगाडि बढेको छ । माओवादी लडाकुको समायोजन र ब्यवस्थापनको बारेमा कुरा मिलेको छैन । सख्यामा पनि सहमतिकोलागि काग्रेस तयार छ । तर अहिले प्रधानमन्त्रीको राजिनामा मात्रै कुरा नमिलेको उहाले बताउनु भयो ।
अहिले कति समय म्याद थप गर्ने भन्नेमा अन्यौलता रहेको उल्लेख गर्दै उहाले नेपाली काग्रेस छ महिना भन्दा बढी समय थप गर्नु उचित नहुने भन्ने पक्षमा रहेको जानकारी दिनु भयो । सिटौलाको तर्क थियो अहिलेको चिन्ता संविधानसभाको म्याद थप गर्ने होइन तोकिएको समयमा समस्या समाधान हुन्छ कि हुँदैन भन्ने हो । दुई वर्षसम्म दलहरुले सहमतिमा भन्दा विमतिमा समय खेर फालेको आरोप लगाउँदै सिटौलाले शान्ति र संविधानलाई सुनिश्चित नगरि म्याद थप्नुको औचित्य नहुने र यसरी समयमात्रै थप्दै जाने हो भने मुलुक असहज अवस्थामा पुग्ने दावी गर्नु भयो ।
अहिलेको दलहरुविच रहेको असहमति र समस्याको मुल जड माओवादी लडाकुको समायोजन र ब्यवस्थापन रहेको दावी गर्दै यसलाई पन्छ्याउदै अगाडि बढदा समस्या उत्पन्न भएको बताउनु भयो । उहाको तर्क थियो– निश्चित कार्यतालिका सहित यो विषयमा सहमति बन्न सक्यो भने थपिएको समयमा संविधान बन्छ नभए फेरी पनि संविधान बन्दैन ।
मुल समस्या सेना समायोजनलाईलाई छाडेर सरकार परिवर्तन गर्न थाले फेरी उस्तै अवस्था कायम रहने दावी गर्दै सिटौलाले प्रधानमन्त्री मन्त्री फेरेर समस्या समाधान नहुने बताउनु भयो । अहिलेकै अवस्थामा जुनसुकै सरकार बने पनि सहमति बनेन भने केही हुँदैन तर सहमतिको सरकार बन्यो भने अवस्था सहज हुन्छ र समयमै संविधान निर्माण हुन्छ । उहाले भन्नु भयो । यद्यपि उहाले संविधानमा सहमतिले मात्र सरकार बन्ने भन्ने विषय समावेस गर्नु पर्ने भन्ने भनाई सम्भव नरहेको स्पष्ट पार्नु भयो ।
अहिलेको संविधानमा सरकारको गठन विघठन बहुमतबाट हुने ब्यवस्था रहे पनि सञ्चालन सहमतिबाटै गर्नु पर्ने स्पष्ट रहेको बताउदै उहाले अहिले यसको बहसमा लाग्यौ भने गलत हुने ठोकुवा गर्नु भयो । सरकारको परिवर्तन बहुमतीय पद्धतीबाटै हुनु पर्छ । यो अहिलेको अवश्यकता हो ।
सेना समायोजनको विषयमा सहमति भए सहमतिको नयाँसरकार बन्ने स्पष्ट पार्दै उहाले अहिलेको अवस्थामा प्रधानमन्त्री माधवकुमार नेपालले राजिनामा दिए मुलुक अप्ठ्यारो अवस्थामा पुग्ने बताउनु भयो । उहाको जोड थियो– समायोजनको स्पष्ट कार्य तालिका तय भयो भने सबै कुरा मिल्छ, काग्रेसले आगामि सरकारको नेतृत्वमा पनि विवाद गर्दैन ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: