RSS

राजनीतिक सहमतीले संविधानसभाको म्याद नथपिए जनस्तरबाट बहुसरकार निर्माण ः माओवादी नेता शर्मा, ताजा जनादेशका लागि निर्वाचन ः कांग्रेस नेता केसी

20 मे

काठमाडौं, ६ जेठ
एकीकृत माओवादीका पोलिटव्युरो सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले १४ जेठसम्म राजनीतिक सहमति भएर संविधानसभाको म्याद नथपिए मुलुकमा जनस्तरबाटै बहुसरकार निर्माण हुने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालद्वारा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता शर्माले अराजकतामा मुलुक फस्नु अघि नै सहमतिय प्रणाली अपनाउनुपर्नेमा समेत जोड दिएका छन् ।
‘यदि सहमतिय प्रणाली कायम भएन भनें जेठ १५ गतेपछि देश बहुसरकारतिर जान्छ, यही सरकारका कारण सबैले आ–आफ्ना सरकार गठन गर्नेछन्’नेता शर्माले भने, ‘यो सबै कुराको दोष वर्तमान सरकार हुनेछ ।’ तर, माओवादीले पूर्वघोषित स्वायत्त गणराज्यहरु कार्यान्वयन गर्ने वा नगर्ने तथा कसले सरकार घोषणा गर्नेछन् भन्ने ’boutमा चाहिँ केही पनि बताएनन् ।
‘मैले देश अराजकतातिर जान्छ भन्ने संकेत गरेको हुँ’ रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा साक्षात्कार कार्यक्रममा नेता शर्माले भने, ‘यदि सहमति भएन भनें जेठ १४ पछि जनतालेशासनसत्ताका लागि नयाँ स्टेप पनि चाल्ने छ, यस’boutमा हामीले पहिलेदेखि नै स्पष्टरुपमा भन्दै आएका छौँ ।’ उनले जेठ १५ गते खुल्लामञ्चबाट माओवादीले हालसम्म तयार गरेका नयाँ संविधानका सबै बिषयहरुको संकलत सार्बजनिक गर्ने र त्यसपछि मुलुकमा उत्पन्न संकट समाधानका लागि अघि बढ्ने पनि स्पष्ट गरे । तर संविधानसभा नरहे पनि बाँकी चार महिना शान्तिप्रक्रिया रहने र त्यसमा माओवादीले इमान्दारीपूर्वक आफ्नो भूमिका निर्वाह गर्ने पनि शर्माले बताए ।
६महिनापछि पुनः विघटन गर्ने गरि र संविधान निर्माणको ग्यारेन्टी नहुने गरी संविधानसभाको म्याद थप्ने पक्षमा माओवादी नरहेको शर्माले बताए । तर, सहमतिय प्रणालीमा गएर संविधान निर्माणको ग्यारेन्टी हुने भए माओवादी म्याद थपको पक्षमा रहने उनको भनाई थियो । ‘हामी म्याद थप्नु हुँदैन भन्नेमा छैनौँ, तर कुन उद्देश्यका लागि थप्नुपर्ने, यो स्पष्ट हुनुपर्छ’ शर्माले भने ।
जेठ १४ सम्म संविधानसभाको म्याद नथपिए के हुन्छ भन्ने प्रश्नमा नेता शर्माले भने, ‘दुई बर्षका लागि अथवा संविधान जारी नहुन्जेलका लागि भन्ने दुईवटा विकल्प संविधानमा छ । त्यसकारण संविधान मिर्माणकोकुरालाई मुख्य बनाएर सहमतिसाथ म्याथ थप्नेतिर जानुपर्छ ।’ जेठ ७ र ८गते बस्ने केन्द्रिय समितिको बैठकबाट माअ‍ोवादीले सम्भावित राजनीतिक दुर्घटनाहरुबाट मुलुकलाई बचाउने निर्णय लिने बताए ।
माओवादी र अन्य दलहरुबीच सेना समायोजनको मुद्दामा असहमति नभएको तर, संख्या तोक्नुपर्छ भन्ने तर्क जायज नभएको पनि शर्माले बताए । उनले सहमति बिना नै सरकारले संविधानसभाको म्याद थप्न प्रस्तुत गरेको बिधेयक निहुखोजाई भएको पनि आरोप लगाए ।
नेपाली कांग्रेसका प्रबक्ता अर्जननरसिंह केसीले १४ जेठअघि नै संविधानसभाको म्याद थप्नका लागि सहमति नभए जनताबीच नयाँ म्यान्डेटका लागि जानुपर्ने वा आवश्यकताको सिद्धान्त अनुसार नयाँ विकल्पमा जानुपर्ने बताए । ‘संविधानसभाको म्याद थपिएन भने फ्रेस म्यान्डेटका लागि जनताकहाँ जान सबै तयार हुनुपर्छ ’ नयाँ चुनावको नाम नलिइकन केसीले भने । तर उनले आवश्यकताको सिद्धान्त अनुसारको नयाँ बिकल्प अनुसार के हुने भन्नेमा थप खुलाएनन ।
संविधानसभाको म्याद सभा आफैँले थप्नु प्राकृतिक वा नैतिक हुन नसक्ने भन्दै प्रबक्ता केसीले १४ जेठअघिसम्म म्याद थपका लागि माओवादी पनि तयारभएर प्रस्तुत हुने विश्वास व्यक्त गरे ।
‘मलाई विश्वास छ, दलहरुबीच सहमति हुने छ, राजनीतिक संकट समाधानका लागि त्यसको बिकल्प पनि छैन’ प्रबक्ता केसीले भने, ‘१२ बुँदे सहमतिदेखि हामी निरन्तररुपमा हामी सहमतिकै बाटोमा आएका छौँ, अहिले पनि त्यसको पनि बिकल्प छैन ।’
हालसम्म माओवादी र सरकार तथा अन्य दलहरुबीच १४ पटक सहमति भएको भन्दै प्रबक्ता केसीले बिगतका सहमतिहरुभित्रैबाट राजनीतिक समाधान खोज्नुपर्नेमा जोड दिए । तर, सहमतिका लागि बल माओवादीको कोर्टमा रहेको पनि केसीले बताए ।
वर्तमान सरकारका गतिविधिसँग नेपाली कांग्रेस सहमत नभएको तर शुन्यतामा सरकार छाड्न नसकिने स्पष्ट पारे । ‘के का लागि सरकार छाड्ने ? कुनै प्रयोजन र लक्ष्य स्पष्ट नभएसम्म आउने राजीनामा प्रत्युत्पादक हुनेछ’ केसीले भने । उनले प्याकेजमा दलहरुबीच सहमति भएमा सरकारको नेतृत्व जु्नसुकै दलले गरे पनि आफूहरुलाई मान्य हुने समेत स्पष्ट पारे ।
रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले दलहरुबीच सहमतिका आधारमा संविधानसभाको म्याद थपेर शान्तिप्रक्रिया र संविधान निर्माण प्रक्रिया निस्क्र्षम पु¥याउनुपर्नेमा जोड दिए । उनले सहमतिको बिकल्प नभएको भन्दै त्यसका लागि सार्थक पहलका लागि ढिलाई नगर्न प्रमुख दललाई अनुरोध गरेका छन् ।

Advertisements
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

 
%d bloggers like this: