RSS

नायिका रेखा र फुटवलर हरि ब्राण्ड एम्बेसडर

20 May

काठमाडौ, ६ जेठ । अन्तर्राष्ट्रिय स्तरको सैद्धान्तिक र ब्यवहारीक शिक्षाको प्रतिबद्धतासहित स्थापित पिरामिड ईन्टरनेसनल उच्च माध्यमिक विद्यालय एवम कलेजले चर्चित नायिक रेखा थाप र चर्चित फुटवलर हरि खड्कालाई आफ्नो ब्राण्ड एम्बेसडर बनाएको छ ।
बिहीबार रिपोर्टर्स क्लवमा आयोजित पत्रकारसम्मेलनमा नायिका थाप र फुटवलर खडकालाई कलेजको ब्राण्ड एम्बेसडर घोषणा गरिएको हो । यसै शैक्षिक सत्रदेखि काठमाडौको गौशालाबाट सेवा सुरु गरेको सो कलेज निजि शैक्षिक संस्थामा रहेका विकृति र विसंगतिलाई चिर्दै नमुनाको रुपमा अन्तर्राष्ट्रिय स्तरको सैद्धान्तिक र ब्यवहारिक शिक्षा प्रदान गरेर योग्य जनशक्तिी उत्पान गर्ने नारा तय गरेको छ । सो कलेजले हाल त्रिभुवन विश्वविद्यालयको संम्बन्धनमा स्नातक सम्म विज्ञान, मानविकि र ब्यवस्थापन संकायमा अध्यापन सुरु गरेको पनि पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।
ब्राण्ड एम्बेसडर घोषणा कार्यक्रममा बोल्दै नायिका थापाले नयाँ स्थापित पिरामिड कलेजले जेहेन्दार, गरिब र दुखी विद्यार्थिहरुलाई छात्रबृत्ति प्रदान गर्ने योजनाबाट प्रभावित भएर ब्राण्ड एम्बेसडरको पद स्वीकार गरेको बताउनु भयो । उहाँले घोकन्ते विद्याको ठाँउमा नव स्थापित पिरामिड कलेजले सृजनशिल शैलिबाट शिक्षा प्रदान गर्नु पर्ने सुझाव पनि दिनु भयो । अर्का ब्राण्ड एम्बेसडर फुटवलर हरि खडकाले शिक्षा खेलकुद र संस्कृति एक अर्काका पुरक भएको उल्लेख गर्दै स्वास्थ्य मष्तिस्क, स्वस्थ शिक्षाकालगि खेलकुदलाई पनि कलेजले आफ्नो क्षेत्र बनाउनु पर्ने सुझाव दिए ।
रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले शैक्षिक क्षेत्रलाई केवल ब्यापारको दृष्टीले नहेर्न सुझाव दिदै शिक्षा क्षेत्रलाई ब्यापारीकरण र राजनीतिबाट पर राख्नु पर्ने बताउनु भयो । उहाँले शहर केन्द्रीत स्तरीय शिक्षालाई गाँउ गाँउमा पु¥याएर नयाँ नेपाल निर्माणको राष्ट्रिय संकल्पलाई पुरा गर्न तर्फ लाग्नु पर्ने सुझाव दिनु भयो । उहाँले पिरामिड कलेजका सञ्चालकहरुलाई द्धन्द्धको क्रममा मारिएका पत्रकारका छोराछोरीलाई निशुल्क शिक्षाको ब्यवस्था गर्न र पत्रकारिता विषयलाई पनि विषयसूचिमा समावेश गर्न आग्रह गर्नु भयो ।
कलेजका प्रिन्सिपल प्रेमकुमार खत्रिले शैक्षिक क्षेत्रका ब्याप्त बिकृति र चरम ब्यापारीकरणको दुष्प्रभावको मुल्याङकन गरेर आफूहरुले कलेज स्थापना गरेको उल्लेख गर्दै पुरातन सोचभन्दा पृथक शैलीबाट स्तरीय शिक्षाको उद्देश्य रहेको बताउनु भयो ।
कलेजका डाईरेक्टर दिपक शाक्यले स्तरीय कलेजको अभाव महसुस गरेर आफूहरुले कलेज स्थापना गरेको दावी गर्दै शैक्षिक क्षेत्रमा रहेका विकृति अन्त्य गर्ने बताउनु भयो उहाँले भर्नाको बेला अभिभावकलाई ज्वाई मान्ने र भर्ना भएपछि बास्तै नगर्ने परिपाटी निजि शैक्षिक क्षेत्रमा ब्याप्त रहेको उल्लेख गर्दै आफूहरु त्यो परम्पराबाट अलगरुपम स्थापित हुने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: