RSS

लोडसेडिङको विरोध गदै रुपन्देहीमा भएको प्रर्दशनमा झडप, प्रहरी र प्रर्दशनकारी समेत गरी आधा दर्जन घाइते , २ घाइते , मोरङ्गमा नक्कली परिक्षार्थी पक्राउ

20 May

रुपन्देही, जेठ ६ गते
लोडसेडिङको विरोध गदै रुपन्देहीमा आज भएको प्रर्दशनमा झडप भएको छ । झडपमा परी आधार्दजन प्रर्दशनकारी र प्रहरी घाइते भएका छन् भने २ जनालाई प्रहरीले पक्राउ समेत गरेको छ ।
सिद्धार्थ नगरपालिका–९ स्थित बुद्धचोकमा लोडसेडिङ्गको बिरोधमा स्थानीयबासीले नहटीगेटमा बाटो बन्द गरेकोमा प्रहरीले अवरोध हटाउन खोज्दा प्रदर्शनकारीको ढुंगा प्रहारबाट प्रहरी उपरीक्षक छविलाल जोशीसहित ४ जना प्रहरी र झडपमा २ जना प्रदर्शनकारी घाइते भएका छन् । आज दिउसो साढे १ बजे स्थानीयबासीले ¥याली निकाली विद्युत प्राधिकरणको कार्यालयमा ज्ञापन पत्र बुझाएर फर्कदा बाटो अवरोध गरेपछि झडप भएको थियो । झडपमा प्रदर्शनकारीले प्रहरी माथि ढुंगा प्रहार गरेका थिए । घाइतेहरुलाई उपचारको लागि मेडिकल कलेज भैरहवा लगिएको र अवस्था सामान्य रहेको छ ।
ढुंगा प्रहार गर्ने कार्यमा संलग्न २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थितिलाई प्रहरीले सवा २ बजे सामान्य बनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मोरङ्गमा नक्कली परिक्षार्थी पक्राउ

मोरङ्ग, जेठ ६ गते
विराटनगरस्थित डिग्री कजेल सेन्टरबाट कोशी क्याम्पसको कक्षा १२ को एकाउण्ट बिषयको परिक्षामा विद्यार्थी धर्मबहादुर कार्कीको नाममा परीक्षा दिने रशिज कोईराला र निज कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । नक्कली परिक्षार्थीको रुपमा परिक्षा दिइरहेको अवस्थामा आज बिहान १० बजे फेला पारी दुबैलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । यस सम्बन्धमा प्रहरीले कानुनी प्रकृया अगाडि बढाएको छ ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: