RSS

पर्सामा हतियार सहित तराइ मुक्ति मोर्चाका २२ कार्यकर्ता आत्मसर्मपण,प्रहरीले रसुवामा ३२ थान मुर्ति फेला पार्यो

21 May

पर्सा, ७, जेष्ठः
पर्सामा हतियार सहित आज तराई मुक्ति मोर्चाका २२ कार्यकर्ताले आत्मसर्मपण गरेका छन् । शान्ति तथा पुर्ननिर्माण मन्त्री रकम चेम्जोङ्गको उपस्थितिमा अखिल तराई मुक्ति मोर्चाका विवेक चौधरीसहित २२ जनाले प्रशासनसमक्ष हातियारसहित आत्मसमर्पण गरेका छन् ।
आज दिउसो साढे २ बजे जिल्ला बिकास समितिको सभाहलमा उनीहरुले एकनाले बन्दुक ४ थान, युएस पेस्तोल १ थान, कटुवा पेस्तोल १३ थान, सकेट बम ३ थान, सटगनको गोली २ राउण्ड र ३० के.जी. बारुदसहित आत्मसमर्पण गरेका छन् ।

प्रहरीले रसुवामा ३२ थान मुर्ति फेला पार्यो

रसुवा, ७, जेष्ठः
अस्थाई प्रहरी पोष्ट धुन्चेबाट खटिएको प्रहरीले ना.३ ख ४९७० नम्वरको ट्रकबाट चिनको केरुङ्गतर्फ लैजान लागेका मूर्ति लगाएतका सामानहरु बरामद गरेको छ ।
उक्त ट्रकलाई आज विहान प्रहरीले चेकजाँच गर्दा बुद्ध मन्जुश्रीको मूर्ति ३२ थान, कोल्ड्रीन औषधी ४ हजार ८ सय पिस, १७ वटा गलैचा र केही भाडाकुडा बरामद गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: