RSS

बैदेशिक रोजगारीलाई ब्यवस्थित र सहज बनाउँन माग गर्दै उपप्रधानमन्त्री कोइरालालाई ज्ञापन पत्र

21 May

काठमाडौ, ७ जेठ । मुलुकको बैदेशिक मुद्रा आर्जनको प्रमुख स्रोत बनेको बैदेशिक रोजगारीलाई ब्यवस्थित र सहज बनाउँन माग गर्दै फरेन इम्प्लोइमेन्ट एसोसिएसनले आज उपप्रधान एवम परराष्ट्रमन्त्री सुजाता कोइरालालाई ज्ञापन पत्र बुझाएका छन् ।
एसोसिएसनका अध्यक्ष प्रेमबहादुर कटुवालको नेतृत्वमा गएको टोलीले बैदेशिक रोजगारको क्षेत्रमा रहेको समस्या र समाधानसहितको ज्ञापनपत्र उपप्रधानमन्त्री कोइरालालाई बुझाएको हो ।
ज्ञापनपत्रमा बैदेशिक रोजगारलाई ब्यवस्थित बनाउन ब्यवसायीहरुसँगको सल्लाहको आधारमा सो संबन्धित राष्ट्रिय नीति ल्याउनु पर्ने, सरकारको औपचारिक भ्रमणमा बैदेशिक रोजगार ब्यवसायीहरुलाई पनि समाबेस गर्नु पर्ने, दुतावसहरुमा आवश्यक जनशक्ति थप र दुतावास नभएको मुलुकमा दुतावास स्थापनाको माग गरिएको छ।
त्यसैगरि एसोसिएसनले परराष्ट्र र श्रम मन्त्रालयविचको संबन्ध सुमधुर बनाउने, मेसिन रिडेवल पासपोर्ट चाडो ब्यवस्था गर्नुपर्ने, जिल्ला जिल्लाबाटै राहदानी वितरणको ब्यवस्था गर्नु पर्ने, पाँच हजार भन्दा बढी नेपाली कामदार भएको मुलुकमा तुरुन्त श्रम सहचारी नियूक्त गर्नु पर्ने भारतीय भूमिको प्रयोग गरेर अनाधिकृत रुपमा बैदेशिक रोजगारीमा पठाउने क्रम रोक्न भारतीय सरकारसँग अनुरोध गर्नु पर्ने, साउदी अरवको नेपालमा राजदुतावास खोल्न पहल गर्नृ पर्ने माग सो ज्ञापनपत्रमा समेटिएको छ ।
त्यसरी नै ज्ञापनपत्रमार्फत एसोसिएसनले महिलाहरुकोलागि राम्रो बैदेशिक रोजगारीको गन्तब्यको रुपमा रहेको इजरायल, हङ्गकङ्ग, लेवनान लगायतका मुलुकमा रहेको अवरोध खुलाउन कुटनैनीतिक पहल गर्नु पर्ने माग गरिएको छ।
………………………………………………………………………………………..

संविधानसभा खारेज गरेर नयाँ निर्वाचन गर्न माग

काठमाडौ, ७ जेठ । एक पुराना मजदुर नेता माधवराज वानाले तोकिएको समयमा संविधान जारी गर्न नसक्ने अहिलेको संविधानसभालाई निकम्मा घोषणा गरेर पुन समानुपातिक प्रतिनिधित्वको आधारमा निर्वाचन गरेर नयाँ संविधान बनाउनु पर्ने अवधारणा प्रस्तुत गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजना गरेर विराटनगरका पुराना मजदुर नेता माधवराज बानाले दलहरुको अलग अलग धार कायम रहेकोले जति समय थपे पनि संविधान बन्न सक्ने बातावरण नरहेको भन्दै पचास प्रतिसत महिला सहगागिता र विज्ञहरु समावेस हुने गरि निर्वाचन गरेर संविधानसभा गठन गरी संविधान बनाउनु पर्ने अवधारणा पास गरेका हुन ।
साथै उनले आगामि संविधानमा पचास प्रतिसत महिलाको सहभागिता सुनिश्चित गराउने, नेताहरुले भ्रष्टाचार गरेमा सर्वश्व हरण र जन्मकैदको ब्यवस्था गर्नें, ब्यवस्थाको सुझाव दिदै तोकिएको समयमा संविधान बनाउन नसक्ने दलहरुलाई पाँच बर्षसम्म निर्वाचनमा भाग लिन नपाउने गरि प्रतिबन्धलगाउन समेत माग गरेका छन् ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: