RSS

संविधानसभा भवन अगाडी वम विस्फोट, घटनास्थलमा डाइनामिक युथ फोरमको पर्चा फेला , रौतहटमा पनि विस्फोट, उदयपुरमा गाविस सचिवको घरमा सकेटवम भेटियो

22 मे

काठमाडौँ, ८ जेष्ठः

संविधानसभाको म्याद थप गर्ने विषयमा राजनैतिकदलहरु आपसी परार्मसमा जुटीरहेको अवस्थामा आज साँझ संविधान सभाको भवन अगाडी अज्ञात समुहले वम विस्फोट गराएको छ । विस्फोटमा कुनै भौतीक र मानवीय क्षती भने हुन नपाएको प्रहरीले वताएको छ ।
नयाँबानेश्वर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडि रहेको टेम्पो पार्कमा आज साँझ ५ बजे विष्फोटन भएको छ । प्लाष्टिकले बेरिएको झोलाभित्र राखेको सामान्य बस्तु पड्केको र कुनै पनि क्षती नभएको प्रहरीले वताएको छ ।
टेम्पोपार्कमा मानिस नभएको समयमा विस्फोट भएकाले मानविय क्षती भने हुन पाएन् । वम विस्फोट भएपछि वानेश्वरमा आज साँझ केहिवेर सर्वसाधारणहरुको भागदौड समेत भएको थियो । विस्फोट भएपछि तत्काल पुगेको प्रहरीले सोही ठाउँमा प्लाष्टिकले बेरेको अवस्थामा पोको देखेपछि वम रहेको हुन सक्ने आसंकामा वम डिस्पोजल टोलीले निस्कृय पार्न खोज्दा सो पोकोमा खाली टेपले बेरिएकोे पाइएको प्रहरीले वताएको छ । घटनास्थलमा डाइनामिक युथ फोरमको पर्चा फेला परेको छ । संविधान सभाको म्याद थप गर्ने विषयमा छलफल हुदै गरेको अवस्थामा सो विषयलाई नरुचाएका समुहहरुले आतंक मच्चाउन खोजीएको आसंका गरीएको छ ।
वम फेलापरेको केहि समय नयाँ वानेश्वर क्षेत्रको अवस्था तनावपुर्ण रहेको भएपनि अहिले भने सामान्य रहेको वताइएको छ ।

उता, रौतहटको शिबनगर–८ स्थित जिल्ला विकास समिति रौतहटमा कार्यरत बिरेन्द्र गुप्ताको पक्की घरको बराण्डामा अज्ञात व्यक्तिले सकेट बम विष्फोट गराएका छन् । आज बिहान साढे २ बजे बम पड्काउदा हार्डवयेर पसलको पाइपमा क्षती पुगेको छ । तराई मुक्ति मोर्चा समुहका अध्यक्ष सुरेन्द्र मुखिया बिनले हाम्रो पार्टीलाई सहयोग गर्नु प¥र्यो भनी चन्दा माग गर्दै आएको पिडीत गुप्ताले वताउनुभयो । घटनास्थलमा प्रहरी टोली खटिई गएर आबश्यक अनुसन्धान एवं खोेजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

त्यस्तै, उदयपुरको त्रियुगा नगरपालिका–२ बस्ने सिरसिरे गाविसका सचिब गोकर्ण कोइरालाको घरमा सेतो प्लाष्टिकमा बेरेर राखेको सकेट बम संयुक्त सुरक्षा टोलीले निष्क्रिय बनाएको छ ।
आज बिहान सात बजे उक्त बम फेला परेको थियो । संयुक्त मुक्ति मोर्चाले चन्दा माग्दा नदिएकोमा कारण बम राखेको आशंका गरिएको छ । यस सम्बन्धमा प्रहरी परिचालन भई थप अनुसन्धान कार्य भइरहेको वताइएको छ ।

Advertisements
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

 
%d bloggers like this: