RSS

जलवायु परिवर्तनका विषयमा नेपालले हिमाली मुलुकको नेतृत्व गर्ने ः वातावरण मन्त्री शर्मा

22 May

काठमाडौं, ८ जेठ । वातावरण मन्त्री ठाकुर शर्माले जलवायु परिवर्तनबाट उत्पन्न समस्याको न्यूनीकरणको लागि नेपालले पर्वततिय राष्ट्रहरुको समूह तथा अल्पविकसित राष्ट्रहरुको समूहको नेतृत्व गरि अन्तराष्ट्रिय जगतमा विशेष अगुवाई गर्दै आएको बताउनु भएको छ ।
रिपोर्टर्स क्लब नेपालद्वारा शनिबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री शर्माले यसै वर्षभित्र नेपालमा पर्वतिय राष्ट्रहरुको बैठक आयोजना गर्न लागिएको जानकारी दिनुभयो । उहांले सो बैठकमा विश्वका औद्योगिक राष्ट्रहरुले जलवायू परिवर्तनबाट नेपाल लगायत जोखिममा रहेका मुलुकहरुलाई दिनुपर्ने आर्थीक तथा प्राविधिक सहयोगका विषयमा नेपालले आवाज उठाउने बताउनु भयो । उहांले कालापथ्थरमा गरिएको मन्त्रीपरिषद्को बंैठक देखि कोपनहेगनको सम्मेलनमा नेपालले उठाएका सवालहरुलाई विश्वले सकारात्मक रुपमा लिएको बताउँदै आगामी वर्ष मेक्सिकोमा हुने सममेलनमा पनि नेपालले ठोस कार्यक्रमका साथ विविध कार्ययोजनाहरु प्रस्तुत गर्ने धारणा व्यक्त गर्नुभयो । सरकारले जलवायु परिवर्तनको विषयलाई उच्च प्राथमिकता दिएको बताउंदै मन्त्रालयमा वातावरण विभाग, जलवायु प्रवद्र्धन महाशाखा स्थापना गरिएको उल्लेख गर्नुभयो । “विविध प्रजाती एकधर्ती र हाम्रो भविष्य” भन्ने मुल नाराका साथ आगामी वातावरण दिवस देशभर विविध कार्यक्रमका साथ मनाउन लागिएको पनि मन्त्री शर्माले जानकारी दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. दिनेशचन्द्र देवकोटाले आगामी त्रिवर्षीय योजनामा प्राकृतिक प्रकोप न्यूनीकरण, जलवायु परिवर्तनको अनुकूलता र वातावरण तथा गरिबीबीच सामन्ज्यस्यता ल्याउने सम्वन्धी विशेष कार्यक्रम ल्याउन लागिएको जानकारी दिनुभयो ।
उहाँले जलवायु परिवर्तनले नेपालाका विविध क्षेत्रमा पारेको नकारात्मक प्रभावका बारेमा अनुसन्धान भइरहेको उल्लेख गर्दै यसका आधारमा आगामी दिनमा देशले लिनुपर्ने रणनीति र योजना तर्जुमा गर्न सकिने धारणा व्यक्त गर्नुभयो । नेपालले हरितगृहग्याँसको उत्सर्जनमा अत्यन्त न्यून अर्थात ०.०२५ प्रतिशत मात्र भूमिका रहेपनि जलवायु परिवर्तनबाट सिर्जित समस्याबाट उच्च जोखिममा रहेको कारण विश्व समुदायमा यस विषयलाई सशक्त रुपमा उठाउनु आवश्यक भएकोमा जोड दिंदै उहाँले यसमा सामूहिक प्रयासको खाँचो औंल्याउनुभयो ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: