RSS

एनआरएनद्वारा खुला विश्वविद्यालय अवधारणा प्रस्तुत

23 May

काठमाण्डौ ९ जेष्ठः
विश्वका विभिन्न मुलुकमा छरिएर रहेका गैरआवासीय नेपालीहरुले आफूले आर्जन गरेको ज्ञान र सीप राष्ट्र निर्माणमा उपयोग गर्ने उद्देश्यले खुल्ला विश्वविद्यालयको अवधारणा अघि सारेका छन् । गैरआवासीय नेपाली संघको अगुवाईमा यो अभियान संचालन गर्न लागिएको संघका अध्यक्ष देवमान हिराचनलेजानकारी दिनुभएको छ।
अध्यक्ष हिराचनका अनुसार गैरआवासीय नेपाली अभियानको सुरुवातसंगै विदेशमा रहेका नेपालीहरुले आर्जन गरेको ज्ञान र सीप नेपालको रुपान्तरणका लागि कसरी प्रयोग गर्न ल्याउन सकिन्छ भन्ने कुरामा गहन छलफल हुदै आएको हो । उहाँकाअनुसार नेपालको द्रुत्ततर विकासका लागि विदेशमा आफूले आर्जन गरेको ज्ञान र सीप र प्रविधिलाई नेपालमा परिचालन गर्नुपर्ने कुरामा कसैको दुईमत छैन । यस कार्यका लागि गैरआवासीय नेपालीहरु परिवर्तनका सम्बाहक हुन् । गैरआवासीय नेपाली संघले विदेशमा रहेका नेपालीहरुलाई आफ्नो ज्ञान र सीप नेपालको रुपान्तरणमा प्रयोग गर्नुपर्छ भन्दै आएको छ। अध्यक्ष हिराचनका अनुसार अभियानको प्रारम्भिक दिनहरुमा निश्चित समयका लागि नेपाल फर्केर यहाँको अर्थतन्त्रमा काम गरेर गैरआवासीय नेपालीहरुले आफ्नो ज्ञान र सीप नेपाल र नेपालीलाई हस्तान्तरण गर्न सक्छन् भन्ने धारणा बढी व्याप्त थियो । तर विदेशमै कार्यरत रहंदासमेत उनीहरुको ज्ञानको भण्डार मुलुकमा कसरी फाइदाजनक ढंगले प्रयोग गर्न सकिन्छ भन्ने विषयमा गहन छलफलपछि खुल्ला विश्वविद्यालयको अवधारणा अघि सारिएको हो ।
यो अवधारणाअनुसार विश्वका विभिन्न प्रतिष्ठित विश्वविद्यालय, उद्योग प्रतिष्ठानमा कार्यरत विज्ञहरुले नेपाल आएर आफ्नो ज्ञान बाँड्ने छन् । नयाँ नेपाल निर्माण र नेपालको रुपान्तरणका लागि नेपालीहरुको सीप र शिक्षामा गुणात्मक वृद्धि आवश्यक रहेकोमा जोड दिदै धेरै मुलुकहरुले खुला विश्वविद्यालय र दूरशिक्षामापर्फत आफ्ना नागरिकको ज्ञान र सीपको स्तरवृद्धि गरेका छन् । अध्यक्ष हिराचनले भन्ुभयो, नेपालमा यस्तो किसिमको व्यवस्था आवश्यक देखिन्छ । गैरआवासीय नेपाली संघको चौथो विश्व सम्मेलनपश्चात ज्ञान, सीप र प्रविधि हस्तान्तरणको क्षेत्रमा कार्य अघि बढाउने निर्णय गरेको उल्लेख गर्नु हुदै अध्यक्ष हिराचनले त्यसका लागि संघले डा. राजु अधिकारीको संयोजकत्वमा (Skill Knowledge and Innovation Exchange ) कार्यदलसमेत गठन गरेको जानकारी दिनुभएको छ। उक्त कार्यदलले गैरआवासीय नेपालीहरु र अन्य सम्बन्धित पक्षसंग बृहत छलफलपछि खुल्ला विश्वविद्यालय संचालनसम्बन्धी सहमतिपत्रको खाकासमेत तयार पारेको छ। सरकारसंग उक्त सहमतिपत्रमा हस्ताक्षर भएपछि संघले खुल्ला विश्वविद्यालय संचालनसम्बन्धी कार्यलाई गति दिने अध्यक्ष हिराचनले बताउनुभयो । उहाँका
अनुसार यसका लागि सम्बन्धित निकायहरुमा पहल भइरहेको छ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: