RSS

नुवाकोटका वाईसिएल सह संयोजन पक्राउ भएको विरोधमा वाईसिएलद्धारा संघर्षको कार्यक्रम घोषणा, भोली दिँउसो नुवाकोटमा चक्काजाम

23 May

काठमाण्डौ,९जेष्ठः
उत्तम घिमिरे नुवाकोट । योङ्ग कम्युनिष्ट लीग नेपाल नुवाकोटले जिल्ला सह संयोजक राजन गौतमलाई झुटो अभियोग लगाई पक्राउ गरेको भन्दै संघर्षको कार्यक्रम घोषणा गरेको छ ।

देशको संबेदनशील घडीमा गृह प्रशासन माओवादी कार्यकताहरुलाई धरपकड गर्न शुरु गरेको भन्दै वाइसिएल नुवाकोटले प्रहरी प्रशासनले राजनैतिक पूर्वाग्रहका कारण आफ्ना कार्यकर्ताको गिरफ्तार गरेकोले भोली जिल्ला प्रशासन कार्यालय नुवाकोटमा ज्ञापनपत्र बुझाउने तथा भोली नै मध्यान्ह १२ बजे देखि २ बजेसम्म नुवाकोटमा चक्काजाम गर्ने घोषणा गरेको हो ।

वाइसिएलका केन्द्रीय सदस्य तथा नुवाकोटका सह संयोजक राजन गौतम नकुललाई हिजो प्रहरीले बालाजु नेपालटारबाट गिरफ्तार गरेको थियो । गौतममाथि प्रहरीले यसअघि नै अपहरण, ज्यान मार्ने उद्योग, हतियार तथा खरखजाना र कुटपिटको मुद्दा दायर गरेको थियो ।

कांग्रेस र एमालेको योजनामा योजनाबद्ध रुपमा आफ्ना कार्यकर्तालाई फसाएको भन्दै वाइसिएलले नुवाकोटमा तत्कालै गुण्डा, तस्कर, भष्टाचारी, कालोबजारीया र अपराधीहरुलाई कारवाही गर्न पुलिस प्रशासन समक्ष माग गर्ने तर कानुनी उपचार नभए आफै कारवाही गरेर देखाउने पनि जनाईएको छ । आज जिल्ला सदरमुकाम बिदुरमा पत्रकार सम्मेलन वाइसिएल नुवाकोटले सो कुरा जनाएको हो ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: