RSS

‘शान्तिका लागि म्युजिक भिडियो’ ,पत्रकार धमला अब अभिनयतिर

23 May

गाउँघर, सहरबजार, कुनाकन्दरा जताततै जपिरहेको मन्त्र हो, शान्ति, शान्ति र शान्ति । शान्तिका निम्ति जनता जुरुक्क उठेका छन् । त्यसमा नेतादेखि कार्यकर्ता, कलाकारदेखि पत्रकार, उद्योपतिदेखि विभिन्न पेसाकर्मीको साथ छ ।
त्यही शान्तिको भविश्य अन्योलमा परेका बेला रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला तिनै जनतामा समर्पित ‘शान्तिका लागि म्युजिक भिडियो’ लिएर दर्शक÷श्रोतामाझ झुल्किएका छन् । शनिबार राजधानीमा विमोचित म्युजिक भिडियो रियल साइट मिडिया प्रोडक्सनले तयार पारेको हो । म्युजिक भिडियोको गीत उज्ज्वल जिसीले लेखेका हुन् भने जगदीश समालले स्वर दिएका छन् ।
डेढ दसकभन्दा लामो व्यस्त पत्रकार जीवन बिताएका धमलाको अभिनयको राष्ट्रकवि माधवप्रसाद घिमिरेलगायत नागरिक समाजका व्यक्तित्वहरुले मुक्तकण्ठले प्रशंसा गर्दै सफलताको शुभकामना दिएका छन् । म्युजिक भिडियोमा अभिनय गरेका धमलाले राजनीतिक उद्देश्यका लागि आफ्नो अभिनय प्रयोग नगर्ने प्रतिबद्धता जनाउँदै शान्तिका लागि तयार भएको गीतमा अभिनय गर्न पाएकोमा गर्व महसुुस भएको बताए ।
राष्ट्रकवि घिमिरेले धमलाको अभिनय विधामा प्रवेश उत्साहजनक भन्दै त्यही कारण आफू कार्यक्रममा हौसला बढाउन उपस्थित भएको बताए । उनले शान्ति र सहमतिका पक्षमा रिपोर्टर्स क्लबबाट खेलेको भूमिकाको प्रशंसा गर्दै अभिनयमार्फत् राष्ट्रिय गीतमा आएकोमा बधाई समेत दिए । ‘नेपालको चरित्र नै शान्तिमय छ,’ उनले भने, ‘हाम्रो अन्तस्करण र आचरण पनि शान्तिमय होस् ।’

वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले पनि धमलाको अभिनय यात्रा सुरु भएकोमा बधाई दिए । शान्ति र लोकतन्त्रको पक्षमा पत्रकार धमलाले पु¥याएको योगदानलाई अभिनेताद्वयले खुलेर प्रशंसा गरे ।
कार्यक्रममा वातावरण मन्त्री ठाकुर शर्मा, पेशागत महासंघ (पापड)का अध्यक्ष रामेश्वर उपाध्याय, नेपाल चिकित्सक संघका अध्यक्ष डा. केदारनरसिंह केसीलगायतले शान्ति नेपालीहरुको मनको चाहना भएको र त्यसको पक्षमा गीत आउनु अत्यन्तै सकारात्मक भएको टिप्पणी गरे । ‘यतिबेला शान्ति नेताहरुको खल्तीमा छ, आफूले नबासीकन उज्यालो हुँदैन भन्ने भालेजस्तो सोच नेताहरुले नबनाऊन््, नबास्ने भालेको हालतमा नेताहरु पुग्नुपर्ने छ,’ कार्यक्रममा अभिनेता हरिवंश आचार्यले भने ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: