RSS

सहमति भए प्रधानमन्त्रीको राजीनामा आउँछ ः एमाले सचिब,छ महिना भन्दा बढी म्याद थप गर्नु हुँदैन ः श्रममन्त्री

24 May

काठमाडौं, १० जेठ । प्रधानमन्त्री माधवकुमार नेपालले संविधानसभाको म्याद एक बर्ष थप्ने उद्देश्यसहित संसदमा संविधान संशोधनको विधेयक दर्ता गराएको एक साता नबित्दै सरकारकै बरिष्ठ मन्त्री मोहम्मद अफ्ताब आलमले ६ महिना भन्दा बढी समय बढाउन नहुने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालद्वारा आज आयोजित साक्षात्कार कार्यक्रमका बोल्दै श्रममन्त्री आलमले संविधानसभाको म्याद एक बर्ष थप्ने प्रधानमन्त्रीको कदममा आफ्नो सहमति नभएको पनि बताए ।
‘हाम्रो पार्टी नेपाली कांग्रेसले एक बर्ष भन्दा म्याद थप्नु हुँदैन भनेर स्पष्टरुपमा भनेको छ, त्यसमा मेरो समर्थन छ, एक बर्ष थप्नु हुँदैन’ कांग्रेसका केन्द्रिय सदस्यसमेत रहेका आलमले भने ।
रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कार कार्यक्रमम बोल्दै मन्त्री आलमले म्याद नथपिए जनआन्दोलनका उपलब्धी गुम्न सक्ने खतरा रहेको बताए । ‘त्यतिबेला लोकतन्त्र नाम मात्रकै हुनेछ’ मन्त्री आलमले भने ।
उनले माओवादी पनि संधिवानसभाको म्याद थप गर्न सहमत भएर आउने विश्वास व्यक्त गरे । मुलुकमा सहमति, सहकार्य र एकता आवश्यक रहेको बताउँदै उनले आन्दोलनका उपलब्धी संस्थागत गर्नकै लागि भए पनि सबै दलहरुबीच सहमति कायम हुनुपर्नेमा जोड दिए ।
कांग्रेसले प्रस्तुत गरेका छ बुँदे मागहरु सम्बोधन भएमा सहमतिय सरकार गठन गर्नका लागि कुनै आपत्ति नहुने पनि मन्त्री आलमको भनाई थियो ।
नेकपा एमालेका सचिब युवराज ज्ञवालीले संविधान निर्माण र शान्तिप्रक्रियाको भविश्य सुनिश्चित गरिएको अवस्थामा हुने राजनीतिक सहमतिपछि प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिने ठोकुवा गरे । तर, सहमति नभई प्रधानमन्त्रीले राजीनामा नदिने र त्यसले कुनै अर्थ नराख्ने ज्ञवालीको भनाई थियो ।
‘राजनीतिक सहमति र प्रधानमन्त्रीको राजीनामा सँगसँगै हुनुपर्छ, सहमतिका लागि प्रधानमन्त्री र एमाले बाटो खुल्ला गर्न तयार छ’ सचिब ज्ञवालीले भने । संविधानसभाको म्याद नथपिए सबै दल पराजित हुने पनि उनको भनाई थियो ।
नेकपा मालेका महासचिब सीपी मैनालीले माओवादी नेतृत्व पनि संविधानसभा म्याद थप्नका लागि सहयोगी हुने विश्वास लिएको बताउँदै म्याद नथपिए सबैभन्दा बढी क्षति माओवादीलाई नै हुने ठोकुवा गरे । ‘गतिरोध अन्त्यका लागि समाधान खोज्ने र संविधान बन्ने सुनिश्चिततासहित संविधानसभाको म्याद थप्नुपर्छ’मैनालीले भने, ‘अन्यथा, माओवादीका लागि पनि बिगतमा नयाँदिल्लीका पाँचतारे होटलहरुमा बसेर क्रान्ति गर्ने सपना नदेखेहुन्छ ।’
रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले संविधानसभाको म्याद थप्न सबै दलहरुबीच सार्थक सहमति हुनुपर्नेमा जोड दिए ।
चुरेभावर राष्ट्रिय एकता पार्टीका अध्यक्ष केशब मैनालीले संविधानसभाको म्याद थपेर अघि बढ्नका लागि साना दलहरुले ठूला दललाई आग्रह गरिरहेको बताए । उनले म्याद थपको कुनै बिकल्प नभएको पनि दाबी गरे ।
एकीकृत माओवादीका नेता एकराज भण्डारीले वर्तमान सरकारको विघटन नभएसम्म संविधानसभाको म्याद थप हुन नसक्ने भन्दै सहमतिका लागि अन्य दलहरु तयार रहनुपर्ने बताए ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: