RSS

संविधनसभा विघटनहुनवाट वचाउन आज देखि अनिश्चितकालीन धर्ना

25 May

काठमाण्डौ १०, जेष्ठः नेपाल आदिवासी जनजाति महासंघ, संघीय परिषद सचिवालयको आज बिहान बसेको आकस्मिक वैठकले मुलुक गम्भिर संकटमा पर्न लागेको ठहर गर्दै अग्रगमन, शान्ति र नयाँ संविधान प्राप्तिका लागि संविधानसभा भवन अगाडि अनिश्चितकालीन धर्ना दिने निर्णय गरेको छ ।
महासंघले आज दिँउसो संविधानसभा भवनको ३ नम्बर गेट अगाडि दिउँसो ३ बजे देखि धर्ना दिने वताएको छ । महासंघले आज एउटा विज्ञप्ती जारी गदै सो धर्ना कार्यक्रममा उपस्थीतिको लागि सवैलाई आग्रह समेत गरेको छ । नेपाली जनताको लामो संघर्ष पश्चात बनेको संविधानसभा नयाँ संविधान निर्माण नगरी विघटन हुन लागेको अवस्थालाई नेपाल आदिवासी जनजाति महासंघले अनिष्टको तयारी ठानेको भन्दै धर्ना दिने निर्णय गरेको वैठक पछि जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
संविधानसभा विघटनले मुलुकको शासन सत्ता चलाइ आएको पूरानै वर्ग समुदायलाई लाभ भए पनि आदिवासी जनजाति, दलित, मुस्लिम, मधेसी, अल्पसंख्यक सीमान्तकृत, महिला एवं विपन्न वर्गको हित हुन नसक्ने ठहर समेत महासंघको छ ।
वैठक पछि महासंघद्धारा जारी विज्ञप्तीको पुर्णपाठ
नेपाल आदिवासी जनजाति महासंघ
संघीय परिषद सचिवालय
११ जेठ २०६७

प्रेस विज्ञप्ति

अनिश्चितकालीन धर्ना दिने आकस्मिक वैठकको निर्णय
नेपाल आदिवासी जनजाति महासंघ, संघीय परिषद सचिवालयको आज बिहान बसेको आकस्मिक वैठकले मुलुक गम्भिर संकटमा पर्न लागेको ठहर गर्दै अग्रगमन, शान्ति र नयाँ संविधान प्राप्तिका लागि संविधानसभा भवन अगाडि अनिश्चितकालीन धर्ना दिने निर्णय गरेको छ ।
नेपाली जनताको लामो संघर्ष पश्चात बनेको संविधानसभा नयाँ संविधान निर्माण नगरी विघटन हुन लागेको अवस्थालाई नेपाल आदिवासी जनजाति महासंघले अनिष्टको तयारी ठानेको छ । संविधानसभा विघटनले मुलुकको शासन सत्ता चलाइ आएको पूरानै वर्ग समुदायलाई लाभ भए पनि आदिवासी जनजाति, दलित, मुस्लिम, मधेसी, अल्पसंख्यक सीमान्तकृत, महिला एवं विपन्न वर्गको हित हुन नसक्ने ठहर महासंघको छ । यिनै वर्गलाई संविधानसभा मार्फत नयाँ संविधान चाहिएको पनि हो । संविधानसभाको विघटनले यो वर्ग समुदायलाई नै घात हुनेछ । तसर्थ अल्पकालका लागिसमय थप गरेर भए पनि आदिवासी जनजाति, दलित, मुस्लिम, मधेसी, अल्पसंख्यक सीमान्तकृत, पिछडा वर्ग, महिला एवं विपन्न वर्गको चाहना मुताबिकको नयाँ संविधान निर्माण गरिनुपर्छ । यसो नगर्नु भनेको मुलुकलाई प्रतिगमन, हिँसा अशान्ति र अनिश्यचयमा फसाउनु हो ।
तसर्थः अग्रगमन, नयाँ संविधान र स्थायी शान्तिका लागि नेपाल आदिवासी जनजाति महासंघले संविधानसभा भवन अगाडि अनिश्चितकालीन धर्ना दिने निर्णय गरेको छ । धर्नामा सहभागी हुन सम्पूर्ण नेपाली जनतामा नेपाल आदिवासी जनजाति महासंघ हार्दिक अपिल गर्दछ ।
आज
मिति ः मंगलबार ११ जेठ २०६७

स्थान ः संविधानसभा भवन ३ नम्बर गेट अगाडि (पानी ट्याङकी अगाडि)
समय ः दिउँसो ३ बजे देखि निरन्तर

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: