RSS

पर्सिसम्ममा सहमति हुनेछ प्रचण्ड

26 May


एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्सिसम्ममा राजनीति दलहरुबीच सहमति हुने विश्वास व्यक्त गर्नुभएको छ । शान्ति र संविधानको सुनिश्चितता हुने गरी संविधानसभाको म्याद थप्ने विषयमा दलहरुबीच राष्ट्रिय सहमतिको प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो ।
नेवार बुद्धिजिवीहरुले नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपालको १२औं स्थापना दिवसको अबसरमा काठमाडौंको कालिमाटीस्थित लुमन्ती पार्टी प्यालेसमा आज आयोजित अन्तक्र्रियामा अध्यक्ष प्रचण्डले संविधान लेखिने र राष्ट्रिय सहमतिको सरकार गठनको सुनिश्चिता नभएसम्म संविधानसभाको म्याद थप्नुको औचित्य नहुने बताउनुभयो ।
राष्ट्रिय सहमतिको लागि वर्तमान सरकारले राजीनामा दिनुपर्ने उहाँले दोहो¥याउनु भयो । संविधानसभालाई निष्कृय पार्ने र यही सरकारलाई टिकाइराख्ने षडयन्त्र भइरहेकोप्रति सचेत रहन नेवार समुदायलगायत सबैलाई उहाँले आग्रह गर्नुभयो । बाह्य शक्तिमा भरपर्ने सरकारको प्रवृत्तिका कारण शान्ति र संविधान धरापमा परेको भन्दै उहाँले संविधान निर्माणको प्रक्रिया अघि बढाउन सत्तारुढ दलले वेवास्ता गरेको भनाई राख्नुभयो ।
उहाँले संविधानसभाका विषयगत समितिबाट संघीयता र प्रत्यक्ष निर्बाचित कार्यकारी राष्ट्रपतिको पक्षमा बहुमत भएपछि परम्परावादी सत्तारुढ दलहरुलाई सैह्य नभएको बताउनुभयो । जनताको पक्षमा संविधान बनाउन नदिन सरकारमा सहभागी दलहरुले संविधानसभालाई निष्कृय पारेको उहाँको भनाई थियो । संघीय गणतन्त्रको लागि नेवार समुदायको भूमिका अग्रणि रहेको चर्चा गर्दै उहाँले शान्ति र संविधानको सुनिश्चितताको आन्दोलनमा माओवादीलाई साथ दिन आग्रह गर्नुभयो ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: