RSS

संविधानसभाको म्याद थप र सहमतिय सरकार निर्माण गर ः भारतीय नेताहरु

26 May

नयाँदिल्ली, जेठ १२ । नेपालमा राजनीतिक गतिरोध लम्बिँदै गएका बेला भारतका प्रमुख राजनीतिक दल तथा बुद्धिजीविहरुले एउटैमञ्चबाट नेपालमा संविधानसभाको म्याद ६ महिनाका लागि थप्नुपर्नेका एकै स्वर दिएका छन् ।
रिपोर्टर्स क्लब नेपालद्वारा बुधवार भारतको राजधानी नयाँदिल्लीमा आयोजित विशेष साक्षात्कार कार्यक्रममा नेपाल मामिला हेर्दै आएका भारतीय नेताहरुले भने, ‘नेपालका दलहरु मिलेर संविधानसभाको म्याद थप्नुको बिकल्प छैन । त्यसपछि संहमतिको सरकार बनाएर संविधान गरी निर्वाचनमार्फत् शक्ति अभ्यास गर्न लाग्नुपर्छ ।
भारतीय कांग्रेस आईका प्रबक्ता अभिशेक मनु सिंघवीले संविधानसभाको म्याद थप्नुपर्ने उनको पार्टीको दृष्टिकोण रहेको बताउँदै सहमति साथ नेपालका दलहरु अगाडि बढ्नुपर्नेमा जोड दिए ।
रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा आयोजित विशेष साक्षात्कार कार्यक्रममा बोल्दै नेता मनुले नेपालमा देखिएको विद्यमान राजनीतिक संकट समाधान गर्न नेपाली राजनीतिक दलहरु सक्षम रहेको बताए । उनले भने, ‘संविधानसभाको म्याद थप्नुस, राष्ट्रिय सरकार निर्माण गर्नुस् र नेपाललाई राजनीतिक स्थायित्वको बाटोमा लैजानुस् ।’ त्यसपछि मात्रै नेपालले नयाँ बाटो लिने र शान्ति तथा संविधानको सुनिश्चित हुने उनको भनाई थियो । नेपालमा शान्ति र सहमतिका लागि भारतीय नेताहरुको सहयोग र सद्भावका सिलसिलामा सक्रिय भएको रिपोर्टर्स क्लबको उनले प्रशंसा गरे । उनले भने, ‘दिल्ली आएर पनि नेपालको राजनीतिक भविश्यका बारेमा अन्तरक्रिया गर्नु सकारात्मक छ ।’
भारतीय कम्युनिष्ट पार्टी माक्र्सबादीका बरिष्ठ नेता सीताराम यचुरीले एमाले बरिष्ठ नेता माधव नेपाल नेतृत्वको सरकारलाई राष्ट्रिय सहमति कायम गरेर अघि बढ्न माओवादी र अन्य दलहरुलाई सुझाब दिए । उनले बिगतमा माओवादी नेता कृष्णबहादुर महराको नेतृत्वमा यही सरकारमा सहभागीता जनाउन प्रचण्डलाई पटक पटक भनेको तर, उनले अस्वीकार गरेका कारण गतिरोध लम्बिँदै गएको बताए ।
उनले भने, ‘अन्तिम समयमा भए पनि नेपालका दलहरु त्यहाँको समस्या समाधान गर्न सक्षम छन्, मलाई विश्वास छ, फेरि नेपालमा सहमति हुुन्छ र संविधानसभाको म्याद थपिएर नेपालको राजनीति स्थिररुपमा अघि बढ्छ ।’
शान्ति र सेना समायोजन शान्ति प्रक्रियाको पहिलो मुद्दा रहेको बताउँदै उनले १२ बुँदे समझदारीको भावना अनुसार दलहरु सहमतिमा पुग्नुपर्ने सुझाब दिए ।
‘नेपाल र भारत जुम्ल्याहा भाई हो केही ठुलो सानो छैन । एउटालाई दुख हुँदा अर्कोलाई पनि दुख हुन्छ’ यचुरीले भने, ‘सहमति भयो भने छ महिना भन्दा अगाडी नै समस्या समाधान हुन्छ । नेपालीले जहिले पनि सहमतिको इतिहास रचेका छन्, भारत सहमतिका लागि सहयोग गर्न तयार छ । ’
संविधान बनेर चुनाव भएपछि मात्र दलहरुमा शक्ति सिर्जना हुने बताउँदै नेता यचुरीले शक्तिविहीन अवस्थामा नेपालको लोकतान्त्रिक प्रक्रिया अघि बढ्न नसक्ने बताए । उनले पहिला संक्रमणकालको अन्त्यका लागि सबै दलहरु एकमत हुनुपर्नेमा पनि जोड दिए । उनले नेपालको लोकतान्त्रिक आन्दोलनमा रिपोर्टर्स क्लबले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै गतिरोध अन्त्यका लागि उसले गरेको प्रयास सह्रानिय रहेको बताए ।
शान्ति र संविधान निर्माण प्रक्रियालाई परिपक्व हुन दिनुपर्ने बताउँदै उनले भने, ‘ नभए सबै बर्बाद हुन्छ । संविधानसभा नरहेको अवस्थामा सरकार रहन सक्दैन ।’
भारतीय जनता दल युनाईटेडका अध्यक्ष शरद यादवले माओवादीसहितको सहमतिय प्रक्रियामा गएमा मात्रै विद्यमान राजनीतिक गतिरोधको अन्त्य हुने र नेपाल लोकतान्त्रिकरुपमा अघि बढ्न सक्ने बताए ।
‘ हामीले अहिले सोच्यौ, नेपालको बारेमा, त्यो ठिलो भयो’ उनले भने, ‘ नेपालको राजनीतिक परिवर्तनमा भारतका दल र नागरिकसमाजको सक्रिय योगदान थियो, अहिले पनि हामी सकारात्मक सुभेच्छा व्यक्त गर्छौँ ।’
भारतीय प्रधानमन्त्रीसँग नेपालका बारेमा पटक पटक कुराकानी गरेको बताउँदै उनले भारतीय नागरिक समाज र दलहरुको योगदानलाई भारतीय सरकारले प्रयोग नगरेको बताए ।
‘अहिले अवस्था बिग्रेर गयो भने नेपाली जनताको विश्वास टुटेर जान्छ, नेपालका सिमावर्ती क्षेत्रका मानिसलाई भारतले नेपाल पठाउनु पर्ने हुनसक्छ ।’ नेपाली दलहरुको कर्तव्य संविधानसभा बचाउनु नै रहेकोमा जोड दिँदै उनले भने, ‘अहिले कुनै पनि दलले कसैलाई पनि शर्त थोपर्ने बेला होइन, सहमतिमा जाने बेला हो ।’
भारतीय जनता पार्टीका नेता विजय जोलीले नेपालमा भारत शान्तिप्रिय माहौल चाहनो बताउँदै अशान्त नेपाल भारतको हितमा समेत नरहेको बताए ।
‘सदियौंदेखि नेपाल र भारतको अटुट संबन्ध छ र रहिरहन्छ । नेपालमा प्रजातन्त्रलाई बन्दुकमा बन्धक बनाउने काम भएको छ । यसबाट हामि चिन्तीत छौ’ उनले भने, ‘लोकतन्त्रमा हिंसाको स्थान हुदैन संवाद र बार्ताको स्थान हुन्छ ।’ उनले भारत तथा भारतीय दलहरु नेपालको आन्तरिक मामलामा हस्तक्षेप गर्न नचाहने तर लोकतन्त्रको स्थायीत्वका लागि भारतले सहयोग गर्ने पनि स्पष्ट पारेका थिए । नेता जोलीले लोकतन्त्रका लागि क्लब र अध्यक्ष धमलाले बिगतदेखि नै लड्दै आएको भन्दै त्यसको आफूहरु खुलेर प्रशंसा गर्ने बताए । ‘नेपालमा राजनीतिक संकट समाधानका लागि क्लब सक्रिय भएको छ, म उसको प्रशंसा गर्छु’ उनले भने ।
भारतिय नेता तथा नागरिक समाजका प्रभावशाली नेता विजय प्रतापले प्रजातन्त्रमा न्यायालयको स्वतन्त्रता महत्वपूर्ण हुने तर माओवादीले त्यसप्रति प्रतिवद्धता नदेखाएको आरोप लगाए । ‘१२ बुँदे समझदारीको पहिलो दिनमै माओवादीले उल्लंघन गरेको हो, माओवादीले हिंसा र बन्दुकबाट समाधान खोज्नुहुँदैन ’ उनले भने ।
नेपालको नागरिक समाजले दलहरुबीच सहमतिका लागि स्वतन्त्ररुपमा छलफल र सम्बाद चलाउनुपर्ने तथा त्यसमा भारतीय नागरिक समाजको पनि सहयोग रहने उनको भनाई थियो ।
भारतीय सेनाका पूर्व मेजर जनरल अशोक मेहताले नेपालको शान्ति प्रक्रिया र रुपान्तरण विस्तारै धरापमा पर्दै गएको आरोप लगाउँदै नेपालको मामिलामा भारत कडारुप्मा प्रस्तुत हुनुपर्ने बताए । ‘अहिलेको अवस्थालाई हामिले गंभिरताका साथ लिएनौ नेपालको पोलीटिकल पावर द्धन्द्धलाई राम्ररी बुझ्न सकेनौँ’ मुनीले भने, ‘ मैले पहिला पनि भनेको थिएँ, पावर को कुरा गर्दा हामिले गलत रुख रोपे जस्तो भएको छ ।’ उनले अन्तीम अवस्थामा हुने प्रयासले कुनै सहमति ननिस्किने दाबी गरे । अहिले नेपालमा राष्ट्रिय सहमतिको सरकार गठन हुन सक्ने अवस्था नरहेको बताउँदै उनले भने, ‘ त्यसो हुनका लागि पहिला नै छलफल हुनु पथ्र्यो । अन्तीम अवस्थामा कुनै जादु हुने वाला छैन ।’
भारत र नेपालबीचको भौगोलिक अवस्थाका कारण चुपलागेर बस्न सक्ने अवस्था भारतका लागि नआएको उनको भताई थियो । ‘भारत सरकारले आन्तरिक मामिलामा हस्तक्षेप गर्नु हुँदैन भन्ने कुरा के हो?’ उनले भने, ‘हाम्रो भौगोलीक अवस्था हेर्नुस चुपलागेर बस्नु पर्ने अवस्था छैन । भारत यसलाई सचेतता पूर्वक हेरिरहेको छ । ’ उनले प्रधानमन्त्रीका उम्मेदबार माधवकुमार नेपालको बिकल्पमा राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापासमेत रहेको बताउँदै सहमतिमा जान सबैलाई आग्रह गरे । उनले भने, ‘सहमतिको सरका बनाउ, र अघि बढ । त्यसका लागि नेपालको राजनीतिमा भारतले हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने भएको छ ।’
नेपालका लागि भारतीय पूर्व राजदूत केभी राजनले महाकाली सम्झौताको बेला जसरी नेपाल भारत मिलेर अगाडि बढेका थिए, त्यसैगरी अहिले पनि मिलेर अघि बढ्नुपर्ने बताए । ‘अहिले पनि नेपालको समस्या समाधानको लागि भारत– नेपाल मिलेर अगाडि बढनु पर्छ’ उनले भने ।
भारतीय जनता दल युनाईटेडका महासचिब केसी त्यागीले वर्तमान सरकारलाई राष्टिय सहमतिको सरकार भन्न नसकिने बताए । ‘ठुलो हिस्सा बाहिर रहँदासम्म सहमति बन्दैन’ उनले भने, ‘दलहरु मिलेर अघि नबढे ठूलो समस्या आउन सक्छ ।’
कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष ऋषि धमलाले सहमति सहकार्य र एकताको विकल्प नभएकोले सहमति गरि संविधान सभाको म्याद थप्न दलहरुलाई आग्रह गरे । त्यसका लागि भारतीय नेताहरुको सुभेच्छा सहयोगी हुने पनि उनको विश्वास थियो ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: