RSS

कुनै पनि हालतमा संविधानसभाको म्याद नथप्ने माओवादी स्थायी समितीको निर्णय

27 May

एकीकृत नेकपा(माओवादी)को आज बसेको स्थायी समिति वैठकले कुनै पनि हालतमा संविधान सभाको म्याद नथप्ने निर्णय गरेको छ । माओवादी मुख्यालय कोटेश्वर पेरिसडाँडामा आज अपरान्न वसेको वैठकले शान्तिप्रक्रियाको तार्किक निष्कर्ष र नया“ संविधान निर्माणको सुनिश्चितता नभएसम्म कुनै पनि हालतमा संविधानसभाको म्याद नथप्ने निर्णय गरिएको हो । वैठक पछि माओवादी पार्टी प्रवक्ता दीनानाथ शर्माद्धारा जारी विज्ञप्तीमा सो कुरा उल्लेख गरिएको छ ।
माओवादीको वैठकले विपि कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवनका कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरण काण्डबारे छानबिनका लागि स्थायी समिति सदस्य तथा सभासद् अमिक शेरचनको संयोजकत्वमा सभासद् चित्रबहादुर श्रेष्ठ र अधिवक्ता धर्म आचार्य सदस्य रहने गरी तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

प्रेस–वक्तव्य

हाम्रो गौरवशाली पार्टी एकीकृत नेकपा(माओवादी)को आज मिति १३ जेष्ठ, २०६७ मा बसेको स्थायी समिति वैठकका निम्न निर्णयहरू सार्वजनिक गर्न यो वक्तव्य जारी गरिएको छ ः

१. शान्तिप्रक्रियाको तार्किक निष्कर्ष र नया“ संविधान निर्माणको सुनिश्चितता नभएसम्म कुनै पनि हालतमा संविधानसभाको म्याद नथप्ने निर्णय गरिएको छ ।

२. विपि कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवनका कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरण काण्डबारे छानबिनका लागि स्थायी समिति सदस्य तथा सभासद् अमिक शेरचनको संयोजकत्वमा सभासद् चित्रबहादुर श्रेष्ठ र अधिवक्ता धर्म आचार्य सदस्य रहने गरी तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

१३ जेठ, २०६७

दीनानाथ शर्मा
प्रवक्ता

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: