RSS

पदबाट राजीनामा दिन्नः प्रधानमन्त्री नेपाल ,हठ त्यागी लचकता प्रदर्शन गर्न माओवादीलाई ओलीको आग्रह

27 May

काठमाडौ १३ जेठ । प्रधानमन्त्री माधवकुमार नेपालले संविधान सभाको म्याद थपको बिषयमा माओवादीले आफ्नो राजीनामा जोडेर ल्याएकोप्रति असन्तुष्टी जनाउदै तत्काल राजीनामा नदिने दोहराउनु भएको छ ।नेपालको औपचारीक भ्रमणमा रहनुभएका बेलायतका अन्र्तराष्ट्रिय विकासमन्त्री अलान डुलक्यानसंग आज बिहान बालुवाटारमा भएको भेटबार्तामा प्रधानमन्त्री नेपालले माओवादीले भने जस्तै गरेर शर्तका आधारमा पदबाट राजीनामा नदिने बताउनु भएको हो । शान्ति र संविधानप्रचि चिन्तीत रहेको बताउनु भएका प्रधानमन्त्री नेपालले आफु त्यसका लागि बाधक नबन्ने भन्दै निकासका लागि माओवादीले अनेकौ सर्त राखेको बताउनु भएको प्रधानमन्त्रीका परराष्ट्रमामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिनुभयो । बेलायती अन्र्तराष्ट्रिय बिकासमन्त्री डुलक्यान र प्रधानमन्त्री नेपालका बीच पछिल्लो राजनीतिक अवस्थाका साथै शान्ति प्रकि्रया नयाँ संविधान दुई पक्षिय सम्बन्ध लगायतका बिषयम छलफल भएको थियो ।

हठ त्यागी लचकता प्रदर्शन गर्न माओवादीलाई ओलीको आग्रह

काठमाण्डौ, १३ जेठ । एमाले प्रभावशाली नेता केपी शर्मा ओलीले शान्ति र संविधान लेखन कार्यलाई टुङगोमा पुर् याउन जिम्मेवारीबोध गर्न माओवादीलाई आग्रह गर्नुभएको छ ।काठमाण्डौमा आज आयोजीत कार्यक्रममा उहाँले अनावश्यक हठ त्यागी लचकता प्रदर्शन गर्न माओवादीलाई आग्रह गर्नुभएको छ ।एमाले नेता ओलीले शान्ति प्रकि्रयाअन्तर्गत गरिएका प्रतिबद्धता माओवादी पक्षबाट कार्यान्वयन भए मुलुकमा अमनचयन र दिगो विकास हुने बताउनु भयो ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: