RSS

पूर्वोत्तर भारतबाट चारलाख बढी नेपाली भाषि विस्थापित

27 May

काठमाडौ, १३ जेठ । स्थानीय आदीवासी खसीया जातीको श्रृखलाबद्ध आक्रमणका कारण पूर्वोत्तर भारतको मेघालय लगायतका क्षेत्रमा पुस्तौदेखि बसोवास गर्दै आएका नेपाली मध्ये करिव चारलाख नेपाली भाषी विस्थापित बनेका छन् ।
प्रवासी नेपाली संघ भारतले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर जातीय हिंसाले जीवन कठिन बनेपछि नेपाली भाषीहरु ज्यान जोगाउन सो क्षेत्रबाट नेपालतर्फ पलायन भएको जानकारी दिनु भएको हो ।
संघका सचिव तिलबहादुर विश्वकर्माका अनुसार कोइराला खानीमा काम गर्ने मध्ये करिव ७० प्रतिशत नेपाली त्यहाबाट विस्थापित भईसकेका छन भने कृषि र गौपालन गरेर बसेका नेपालीहरु विस्थापित हुने क्रम पनि बढेर गएको छ । पूर्वोत्तरमा करिब १० लाख नेपाली भाषीको बसोवास रहेको संघको दावी छ ।
केहिसमय अगाडि भएको पुलिस फाईरिङमा पाँच जना खासीको मृत्यू भएपछि सोही घटनालाई लिएर त्यहाका आदीवासी खासी समूदायले अल्पसंख्यक नेपाल भाषीमाथि आक्रमण गर्न थालेका छन् । उनीहरुले नेपाली भाषीको सम्पत्ति लुटपाट, आगजनी गरिरहेका छन् । यसक्रममा ७० वर्षीय लोकनाथ बास्तोलालाई तीनबटा गाई सहित जिउदै जलाईएको पत्रकार सम्मेलनमा जानकारी दिएको थियो । जातीयताको नाममा सो क्षेत्रमा नेपाली भाषीमाथि लामो सयमदेखि उत्पिडीत पार्नुको साथै पटक पटक विस्थापित हुन बाध्य पारिदै आएको छ ।
पूर्वोत्तर भारतमा दुई किसिमबाट नेपाली नागरिकहरु रहँदै आएका छन् । एकथरी सुगौली सन्धपछि जमिन सहित भारतीय बनेका थिए भने अर्काथरी सन् १९५०को नेपाल भारत मैत्रि सन्धीको ब्यवस्थापछि रोजगारीको सिलसिलामा त्यहा पुगेका हुन ।
सचिव विश्वकर्माका अनुसार त्यहाका खासी जाती पनि १९५०को सन्धीले नै नेपाली लाई भारतमा भित्राएको भन्दै त्यसको खारेजीको माग गर्दै आएका छन् ।
पछिल्लो समयमा बढेको हिंसालाई लिएर प्रवासी नेपालीले त्यहाँको सरकारको ध्यान आर्कर्षित गर्ने प्रयास गरिएपनि त्यहाको सरकारले नेपाली भाषीमाथिको आक्रमणको श्रृखला रोकेर सुरक्षा दिन नसके पछि संघको एक टोली अहिले नेपाल आएका छन् ।
उनीहरुले आफूहरुको दुख प्रति नेपालको सरकारले सहानुभूति समेत नराखेको भन्दै भारतीय सरकारसँग यो विषयमा औपचारीक रुपमा कुरा राखेर समस्याको समाधान गर्न आब्हान गरेका छन् । साथै भारतमा रहेको नेपाली दुतावासले पनि बास्ता नगरेको संघको गुनासो रहेको छ ।

 
१ टिप्पणी

Posted by on मे 27, 2010 in Uncategorized

 

One response to “पूर्वोत्तर भारतबाट चारलाख बढी नेपाली भाषि विस्थापित

  1. indra b khatry

    मे 27, 2010 at 3:10 अपराह्न

    nepali vasi mathi vaya ko ghatna ko ma ghore varsana garchu
    yas ma nepal goverment ko afono response dekhaun anurodkha cha
    kehi samaya aghi uae gover le 17 indian fasi dida usle jo pahal garyo tyasai gari nepai mathi ko atyachar banda garer afono vumika khales mero chaha cha

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: