RSS

सहमतिबाट निकास निकाल्न राष्ट्रपतिको तिनदललाई आग्रह

27 May

काठमाडौ, १३ जेठ । राष्ट्रपति डाक्टर रामवरण यादवले शान्ति र संविधानप्रति गम्भीर रहन आग्रह गर्दै प्रमुख तीन दलका शीर्ष नेतालाई सहमतिका साथ अगाडि बढ्न आग्रह गर्नुभएको छ । उहाँले शान्ति प्रकि्रयालाई निष्कर्षमा पुराएर नयाँ संविधान बनाउने दायित्व प्रमुख ठुला तीन दलको रहेको भन्दै सहमतिमा जोड दिन सुझाव दिनुभएको हो । राष्ट्रिपतिको कार्यालय सितलनिवासमा आज बिहान भएको भेटबार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका साथै संविधान सभाको म्याद र नयाँ संविधान तथा सहमतिका बारेमा परार्मश भएको थियो । बैठक पछि सन्चारकर्मीसंग कुरागर्दै एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले गतिरोधकै बारेमा छलफल भएको भन्दै तत्काल भन्नुपर्ने खासै बिषय नरहेको बताउनु भयो ।काँग्रेसका कार्यबहाक सभापति सुशील काइरालाले सहमति र सहर्कायका साथ अगाडि बढ्न दलहरुलाई राष्ट्रपतिले सुझाव दिएको भन्दै गतिरोधप्रति राष्ट्रपतिले चिन्ता ब्यक्त गरेको जानकारी दिनुभयो । उहाँले दलहरुका बीच निकासका लागि सहमति र सहकार्यको बिकल्प नरहेको बताउनु भएको छ ।एमालेका अध्यक्ष झलनाथ खनालले राजनीतिक गतिरोधको अन्त्यका लागि राष्ट्रपतिले मिलेर जान भन्नु भएको जानकारी दिदै मिल्न नसकेका बिषयलाई दलहरुले गम्भीरताका साथ छलफल गरि मिलाउनु पर्ने बताउनु भयो । उहाँले संविधान सभाको म्याद थप गरेर अन्य बिषयलाई छलफलका माध्यमबाट मिलाउनु पर्ने बताउनु भएको छ ।संविधान सभाको म्याद भोली मध्यरातबाट सक्किनै लाग्दा आज राष्ट्रपति डाक्टर यादवले माओवादी काँग्रेस र एमालेका तीन शीर्ष नेताहरुलाई बोलाएर सहमति र सहकार्यका साथ जानका लागि सल्लाह दिनुभएको भएको हो ।छलफलका लागि राष्ट्रपति डाक्टर यादवले माओवादी अध्यक्ष पुष्पकमल दाहाल काँग्रेसका कार्यबहाक सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनाललाई बोलाउनु भएको थियो ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: