RSS

२५५४ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस, बुद्धजयन्तीमा राष्ट्रपतिको शुभकामना, बुद्धको नाममा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार, राष्ट्रपति र प्रधानमन्त्रीद्वारा लुम्बिनी जाने कार्यक्रम रद्द,

27 May

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा लुम्बिनी जाने कार्यक्रम रद्द
काठमाडौं, जेष्ठ १३ – राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री माधवकुमार नेपालले अन्तिम समयमा आएर बुद्ध जयन्तीका अवसरमा बिहीबार लुम्बिनीमा हुने मूल उत्सवमा जाने पूर्वनिर्धारित कार्यक्रम रद्द गरेका छन् ।
मुलुकमा दलहरूबीच राजनीतिक गतिरोध बढ्दै गएको कारण देखाउँदै प्रमुख र विशिष्ट अतिथि क्रमशः यादव र नेपालले बुद्ध जयन्ती उत्सवमा सहभागी हुने कार्यक्रम रद्द गरेको जानकारी संस्कृति मन्त्रालय स्रोतले दिएका छन् ।राष्ट्रपति र प्रधानमन्त्री हेलिकप्टरमा लुम्बिनी गई २५५४ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसमा बिहीबार बिहान ११ बजे सुरु हुने मूल कार्यक्रममा सहभागी हुने र २ घन्टा बसेर र्फकने कार्यक्रम थियो ।
प्रमुख तीन दलबीच संवाद जारी रहे पनि संविधानसभाको म्याद, लडाकुको समायोजन तथा पुनःस्थापन, प्रधानमन्त्रीको राजीनामा, शक्तिको बाँडफाँड लगायतका सवालमा विवाद गहिरिँदै गएका कारण राष्ट्रपति र प्रधानमन्त्रीले पूर्वनिर्धारित कार्यक्रममा नजाने निर्णय गरेको स्रोतले उल्लेख गरेको छ ।
लुम्बिनी विकास कोषले प्रकाशन गरेको बुद्ध जयन्ती कार्यक्रम पुस्तिकामा मूल कार्यक्रमका प्रमुख अतिथि र विशिष्ट अतिथि राष्ट्रपति र प्रधानमन्त्री रहेको उल्लेख छ । पुस्तिका कार्यक्रममा आमन्त्रण गरिएका सबैलाई बाँडिएको छ ।मुलुकको राजनीतिक परिस्थितिलाई दृष्टिगत गरी दुवै जनाले लुम्बिनी जाने कार्यक्रम रद्द गरेको जानकारी निकट स्रोतले दिए । राष्ट्रपति र प्रधानमन्त्री नजाने भएपछि बुद्ध जयन्ती कार्यक्रमको प्रमुख अतिथि संस्कृतिमन्त्री मीनेन्द्र रिजाल हुने जानकारी संस्कृति मन्त्रालय स्रोतले दिए ।

बुद्धजयन्तीमा राष्ट्रपतिको शुभकामना

काठमाडौ, जेष्ठ १३ – राष्ट्रपति डा. रामवरण यादवले २५५४ औं बुद्धजयन्तीका अवसरमा बौद्ध धर्मावलम्बीहरूमा शुभकामना व्यक्त गरेका छन् ।

‘अहिंसाको प्रतीक तथा शान्तिका नायक महामानव गौतम बुद्धको जन्मजयन्तीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण बौद्ध धर्मावलम्बीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु,’ मुलुक असहज राजनीतिक परिस्थितिबाट गुजि्ररहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘अहिले एक-आपसमा मेलमिलाप, सहमति, समझदारी र सहकार्यको खाँचो छ ।’सरकारले २०६४ सालमा वैशाख पूणिर्मालाई ‘किराँतचाड’ का रूपमा समेत घोषणा गरिसकेको छ ।

बुद्धको नाममा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार
काठमाडौ, जेष्ठ १३ – सरकारले गौतम बुद्धका नाममा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार स्थापना गरेको छ । लुम्बिनीमा २५५४ औं बुद्ध जयन्तीका उपलक्ष्यमा बिहीबार आयोजना हुने कार्यक्रममा यसको घोषणा गरिनेछ । पुरस्कारको राशि ५० हजार अमेरिकी डलर छ । यो सरकारले प्रदान गर्ने सबभन्दा ठूलो पुरस्कार हुनेछ । संस्कृति मन्त्रालयका एक अधिकारीका अनुसार मुलुकका तर्फबाट प्रदान गरिने पहिलो अन्तर्राष्ट्रियस्तरको पुरस्कार दिने उपयुक्त व्यक्ति वा संस्था सिफारिस गर्न सरकारले राष्ट्रसंघका पूर्वसहायक महासचिव कुलचन्द्र गौतम अध्यक्ष रहेको समिति गठन गरेको छ । शान्ति र अहिंसामा विशेष योगदान पुर्‍याउने अन्तर्राष्ट्रिय चर्चित व्यक्ति वा संस्थालाई आगामी बुद्ध जयन्तीमा प्रदान गरिनेछ ।

यसैबीच राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक परिस्थितिका कारण बुद्ध जयन्तीमा बिहीबार लुम्बिनीमा हुने मूल उत्सवमा जाने कार्यक्रम रद्द गरेका छन् ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: