RSS

आज जेठ १४ संविधान आएन , काग्रेसका नेता आचार्यद्धारा संप्क्षित संविधान सार्वजनिक

28 May

आज जेठ १४ संविधान आएन

काठमाण्डौ १४ जेष्ठ । आज जेठ १४ गते । जननिर्वाचित संविधानसभाको अन्तिम दिन । प्रमुख तीन राजनीतिक दलहरुबीच सहमति जुट्न नसके आज राति १२ बजेबाट संविधानसभाको म्याद समाप्त हुनेछ ।आफ्नो संविधान आफैंले बनाउन जनताले पहिलो पटक पाएको अवसर समाप्त हुनेछ । २०६५ साल जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले आजकै दिन नयाँ संविधान जारी गर्ने घोषणा गरेको थियो । सहमति कायम गर्न अहिले पनि प्रमुख तीन राजनीतिक दल छुट्टाछुट्टै छलफलमा व्यस्त रहेका छन् ।कांग्रेस र एमालेले प्याकेजमा सहमति हुन नसके प्रधानमन्त्रीले राजीनामा नदिने अडान राखिरहेका छन् भने माओवादीले पनि शान्ति र संविधान सुनिश्चित हुन नसके संविधानसभाको म्याद नथप्ने अडान कायमै राखेको छ । तर सहमतिको बाटो खोज्न केही बरेपछि संविधानसभाको भवनभित्रै प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठक बस्ने तयारी भइरहेको छ । सभासद्हरु भने संविधानसभाको चौरमा बसेर आपसमा छलफल गरिरहेका छन् ।सहमति कायम हुन नसके संविधानसभाको म्याद सकिएसँगै व्यवस्थापिका संसद् भंग हुने छ भने प्रधानमन्त्री राष्ट्रपति लगायतका संवैधानिक निकाय काम चलाउ मात्र हुनेछन् । म्याद थप हुन नसके मुलुक गम्भीर संवैधानिक संकटमा फस्ने कानुनविद्हरुले बताएका छन् ।

काग्रेसका नेता आचार्यद्धारा संप्क्षित संविधान सार्वजनिक

काठमाडौ १४ जेठ । निर्धारित समयमै संविधानसभाले संविधान जारी गर्न नसकेको भन्दै नेपाली काँगे्रसका नेता एवं सभाषद् नरहरि आचार्यले प्रस्तावित नेपालको संविधान संक्षिप्त रुपरेखा २०६७ सार्वजनिक गर्नुभएको छ । सभासद् आचार्यले संविधानसभा भवन परिसरमा पत्रकार सम्मेलन गरि ुप्रस्तावित नेपालको संविधान २०६७ जारी गर्नुभएको हो । आचार्यको संविधानमा छ वटा संघीय प्रदेशको प्रस्ताव गरीएको छ । १५ धारा प्रस्ताव गरीएको आफ्नो संविधानमा नेपाली काँग्रेसका केही सभासद्हरुको समेत समर्थन रहेको आचार्यको दावी छ । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणाली उपयुक्त हुने प्रस्ताव गर्दै आचार्यले संविधानमा राष्ट्रपति भने प्रादेशीक तथा संघीय संसद्ले चयन गर्ने उल्लेख गर्नुभएको छ । पत्रकार सम्मेलनमा सभासद् आचार्यले संविधानसभाको म्याद थपिएपनि÷नथपिएपनि वर्तमान सरकारको सान्दर्भीकता समाप्त भएको बताउनुभयो । उहँँले संविधानसभाको म्याद थपसँगै संविधान बन्ने कुराको सुनिश्चितता हुनुपर्ने उल्लेख गर्नुभयो । उहँँले प्रमुख दलका शीर्ष नेताहरु संविधान निर्माणमा भन्दापनि सत्ता प्राप्तिको खेलमा लागेकोले निर्धारित समयमा संविधान निर्माण हन नसकेको आरोप लगाउनुभयो । सबै सभासद्हरुले काम नगरेको भन्ने गुनासोको जवाफ दिन पनि आफुले बेग्लै संविधान सार्वजनिक गरेको आचार्यको तर्क थियो । उहाँले संविधानसभाको आयु सकिनु अगावै म्याद थप नगरीए कठिनाइ र चुनौति दुवै बढ्ने धारणा राख्नुभयो ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: