RSS

प्रधानमन्त्रीको वक्तव्यनै नक्कली ? प्रधानमन्त्रीको भन्दै पठाइएको वक्तव्यको पुर्णपाठ

28 May

काठमाण्डौ १४, जेष्ठः
प्रधानमन्त्री माधव कुमार नेपालको सम्वोधन भन्दै आज मिडीयामा पठाइएको वक्तव्य आधार हिन भएको भन्दै त्यसको पछि नलाग्न प्रधानमन्त्रीका प्रेस सल्लाहाकार विष्णु रिजालले सवैलाई अनुरोध गरिएको छ ।
आफनो नामको विष्णु रिजाल एट जिमेल भएकोमा रिजालको थरमा ए वढी थपेर इमेल पठाइएको र त्यो इमेल आफनो नभएको रिजालले वताउनुभयो । उहाँले माओवादीले आफनो नामको दुरुपयोग गरेर मिडीयामा भ्रम फैलाएको भन्दै त्यसको कुनै विश्वास नगर्न सवैलाई अनुरोध गर्नुभएको छ ।
आज प्रधानमन्त्रीको भन्दै यो bishnurijaal@gmail.com इमेल ठेगानावाट मिडीयामा इमेल पठाइएको थियो ।
प्रधानमन्त्रीले आज संविधान सभालाई सम्वोधन गर्ने कार्यक्रम रहेकाले त्यस अघिनै मिडीयामा वक्तव्य पठाइएको थियो । यस अघि माओवादीको आमहडतालको क्रममा पनि नेपाली शेनाका व्यारेकहरुको सर्मथन रहेको भन्दै इमेलहरु सार्वजनीक भएपछि शेनाले खण्डन गरेको थियो । आज पठाइएको वक्तव्यमा सहमती भएमा दुई दिनमा आफुले राजीनामा दिने भन्दै प्रधानमन्त्रीको सम्वोधन भनि वाँडीएको थियो आज प्रधानमन्त्रीको भन्दै पठाइएको वक्तव्यको पुर्णपाठ


सम्माननीय सभामुख महोदय,
माननीय सभासदहरु,

निरंकुश राजतन्त्र विरुद्ध राजनीतिक दलहरुले गरेको ऐतिहासिक जनआन्दोलनको बलमा स्थापित संविधानसभाबाट नया“ संविधान निर्माण गर्ने समयसीमा र संविधानसभाको म्याद सकिन अब केही घण्टा मात्रै बा“की रह“दा अहिले हामी व्यवस्थापिका संसदको यो बैठकमा बसिरहेका छौं । गणतन्त्र नेपालको वर्तमान प्रधानमन्त्रीको हैसियतमा संविधानसभाबाट संविधान तोकिएको समयसीमा भित्र बन्न नसकेकोप्रति म अत्यन्त दुखित छु अनि सरकारको नेतृत्वकर्ताको हैसियतमा यसप्रति हामी पनि निश्चित मात्रामा कुनै न कुनै रूपमा जिम्मेवार नरहन सक्दैनौं ।
तर वास्तविक अर्थमा संविधानसभाबाट नया“ संविधान निर्माण हुन नसक्नुमा के कस्ता बाधा अड्चनहरु कायम रहे भन्नेमा सम्पूर्ण राजनीतिक दल, सभासद्, नागरिक समाज र नेपाली जनता स्पष्ट रहेको मलाई विश्वास छ । प्रतिपक्षी दलको निरन्तरको असहयोग, सडकबाट सत्ता प्राप्तिको लालसा, विधिको शासनको बर्खिलाप अनेकन् अराजनीतिक र अनागरिक क्रियाकलापहरु र सहमति निर्माणप्रतिको उदासीनता नै यसको कारण हो भन्नमा मलाई कुनै दुविधा छैन ।

सभामुख महोदय,
आज जेठ १४ गतेबाट संविधानसभाको म्याद सकिदैंछ । त्यसैले हामीले संविधानसभाको म्याद थप्नैपर्ने आवश्यकता छ । समयावधी थपेर संविधान निर्माण कसरी सम्पन्न गर्न सकिन्छ भनेर हामी सबैले गम्भीर ध्यान दिन जरुरी छ । नया“ संविधानले नै जनआन्दोलनका उपलब्धिहरु संस्थागत गर्नेछ । धर्मनिरपेक्षतालाई संस्थागत गर्नेछ । एकात्मक ढा“चाको राज्यलाई संघात्मक ढा“चामा रुपान्तरण गर्नेछ । त्यसैले सबै उपलब्धिहरु संस्थागत गर्न पनि संविधानसभा आवश्यक छ । समायवधी थप्ने विषयलाई कसैले पनि राजनीतिक मोलमोलाइको विषय बनाउनु हु“दैन । सबै राजनीतिक दल मिलेर अगाडि बढ्नुपर्छ र जनआन्दोलनका उपलब्धिहरुको रक्षा गर्दै नया“ संविधान निर्माण गरेर संस्थागत गर्नुपर्दछ भन्नेमा जोड दि“दै सहमतिको वातावरण निर्माण गर्नका लागि मेरो राजीनामालाई नै मुख्य विषयवस्तु बनाउन खोजिएको प्रति दुःख व्यक्त गर्दछु ।
यद्यपि विगतदेखि नै कठिन राजनीतिक परिस्थितिहरुमा संयोजन गर्दै आएको मेरो अनुभव, राष्ट्रको स्वार्थका अगाडि व्यक्तिगत स्वार्थहरुलाई बलिदान दि“दै आएको इतिहास र अहिलेको वर्तमान युगीन आवश्यकतालाई मध्यनजर गर्दै यदि एकीकृत नेकपा माओवादी पार्टी जिम्मेवार भई नागरिक पार्टीका रुपमा रुपान्तरित हुने प्रत्याभूत गराउ“दै संविधानसभाको म्याद थप गरी सहकार्य गर्न तयार हुन्छ भने राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि म आगामी दुई दिन भित्र राजीनामा दिन तयार रहेको यस सम्मानित सदनमार्फत् सबै नेपाली दाजुभाइ दिदीबहिनीलाई स्पष्ट पार्न चाहन्छु । अन्त्यमा, वर्तमान सरकारकोतर्फबाट संविधानसभाको म्याद थप गर्नका लागि प्रस्तुत अन्तरिम संविधान आठौं संशोधन विधेयकलाई समर्थन गर्नका लागि माननीय सभासद्हरुलाई म विनम्र अनुरोध गर्दछु ।

धन्यवाद ।
मिति ः २०६७÷०२÷१४

 
१ टिप्पणी

Posted by on मे 28, 2010 in Uncategorized

 

One response to “प्रधानमन्त्रीको वक्तव्यनै नक्कली ? प्रधानमन्त्रीको भन्दै पठाइएको वक्तव्यको पुर्णपाठ

  1. Narayan Prasad Thapaliya

    मे 28, 2010 at 1:20 अपराह्न

    hahahhahahhahahahahahha……….

     

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: