RSS

संविधानसभाको म्याद एक वर्ष थप्ने सहमती, संविधानसभाको वैठक वस्दै

28 May

काठमाण्डौ १४, जेष्ठः
राती ११.१५
संविधान सभाको म्याद सकिनु झण्डै एक घण्टा अघि मात्र राजनैतिक दलहरु विच संविधानसभाको म्याद थप गर्ने विषयमा सहमती भएको छ ।
केहि वेर अघि मात्र भएको सहमतीमा एक वर्ष अवधी वढाउने निर्णय भएको हो ।
प्रधानमन्त्रीको राजिनामा नआए सम्म संविधान सभाको नम्याद वताँउदै आएको माओवादीले अन्तीम समयमा आएर सहमती जनाएको हो ।
५ दिन भित्रमा प्रधानमन्त्रीको राजिनामा दिने र यथासक्य राष्ट्रिय सरकार वन्ने सहमती भएको हो । अहिले केहि वेरमानै संविधानसभाको वैठक वस्दै छ ।

दलहरुबीच भएको सहमति पत्रको व्यहोरा

ऐतिहासिक जनआन्दोलनको जनादेश, नेपालको अन्तरिक संविधान २०६३, लोकतन्त्र दिगो शान्ति तथा बिस्तृत शान्ति सम्झौता अनुरुप हामीहरु निम्नलिखित प्रतिवद्धता गदैर्छा ।

१. शान्ति प्रक्रियालाई सार्थक निस्कर्षमा पुर्याउन यस सम्बन्धमा बाँकी कामहरु अविलम्ब सम्पादन गर्न तथा नयाँ संविधान निर्माणको ऐतिहासिक जिम्मेजवारी पुरा गर्न सहमति र सहकार्यका साथ अघि बढ्न हामी दृढ प्रतिज्ञ छौ ।

२ नयाँ संविधान निर्माणको प्रक्रियामा उल्लेखनिय काम भएपनि सबै कार्य पुरा नभएकाले संविधानसभाको कार्यावधि एक वर्ष थप्न हामी सहमत छौ ।

३. उपयुक्त जिम्मेवारी एवं कार्यहरु यथाशिघ्र सम्पन्न गर्ने सहमतिका आधारमा राष्ट्रिय सहमतिको सरकार गठन गरी अघि बढ्न हामी तत्पर छौ । यसका लागि वर्तमान संयुक्त सरकारका प्रधानमन्त्री अविलम्ब राजिनामा गर्न तत्पर रहनेकुरा स्पष्ट गर्दछौ ।

पुष्पकमल दाहाल, शुशील कोइराला, झलनाथ खनाल

संसद बैठकको कार्यसूची सार्वजनिक

काठमाडौ, जेष्ठ १४ – व्यवस्थापिका संसदको बैठकको कार्यसूची प्रकाशित भएको छ । बिहान ८ बजेका लागि बोलाइएको बैठकको कार्यसूची प्रकाशति भएपनि राती साँढे १० बजेसम्म बैठक बस्न सकेको छैन ।
कार्यसूची अनुसार सुरुमा माओवादी नेता देव गुरुङले सरकारी विद्येयकको बिरुद्धमा दर्ता गरेको बिरोध सूचनालाई पेश गरी निर्णयार्थ प्रस्तुत गर्नेछन् । माओवादीको विरोध सूचनामा मतदान पछि सद्भावना -आनन्दी देवी) सरिता गिरीले दर्ता गराएको सूचना पेश गरी निर्णयार्थ प्रस्तुत गरिने छ र त्यस माथि मतदान गरिने छ ।
यि दुवै विरोधको सूचना अल्पमतमा परेभने कानुन मन्त्री प्रेमबहादुर सिंहले संविधान संशोधन सम्बन्धी विद्येयक पेश गर्ने र निर्णयार्थ प्रस्तुत गर्नेछन् । माओवादी र सद्भावनाको विरोध सूचनामा बहुमत पुग्ने संभावना कम रहेको छ । त्यसपछि काँग्रेसका प्रमुख सचेतक लक्ष्मण घिमिरेले संसद नियमावलीको निलम्बन प्रस्ताव पेश गर्ने छन् । दलहरुले यसअघि सहमतिको लागि समय चाहिएको बताएपछि नियमावली निलम्बन गर्ने सहमति गरेका थिए ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: