RSS

संविधान सभा बिघटन भए माओवादी दोषी ः काँग्रेस ,एमालेले म्याद थपको पक्षमा पहल गर्ने

28 May

संविधान सभा बिघटन भए माओवादी दोषी ः काँग्रेस
काठमाण्डौ १४ जेष्ठ । नेपाली काँग्रेसले राजनीतिक निकासका लागि प्याकेजमै सहमति खोज्नु पर्ने भन्दै संविधान सभाको म्याद थप सम्बन्धी प्रस्तावका पक्षमा मतदान गर्न माओवादीलाई आह्वान गरेको छ । काँग्रेसका पदाधिकारीहरुको आज बिहान काठमाण्डौको महाराजगन्ज स्थित कार्यबहाक सभापति सुशील कोइरालाको निवासमा बसेको पदाधिकारीहरुको बैठकले संविधान सभाको पक्षमा मतदान गर्न आग्रह गर्ने निर्णय गरेको हो । काँग्रेस प्रवक्ता अर्जुननरिसंह केसीले संविधान सभाको म्याद थप गर्ने प्रस्तावमा मतदान गर्न माओवादीलाई आग्रह गर्ने निर्णय गरेको भन्दै संविधान सभा बिघटन भएमा त्यसको सबै जिम्मेवार माओवादी हुने बताउनु भयो । त्यसै गरेर काँग्रेसले माओवादीलाई खुशी पार्नका लागि प्रधानमन्त्री माधवकुमार नेपालले पदबाट राजीनामा दिन नहुने निर्णय पनि गरेको छ ।

एमालेले म्याद थपको पक्षमा पहल गर्ने

काठमाण्डौ १४ जेष्ठ । सत्तारुढ दल नेकपा एमालेको संसदीय दलले संविधान सभाको म्याद थप गर्नु पर्ने निष्कर्ष निकाल्दै सहमतिका लागि प्रयास जारी राख्ने निर्णय गरेको छ ।
िसंहदरबार स्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले अबेर सम्म भएपनि दलहरुका बीच सहमति गरेर संविधान सभाको म्याद थप गर्ने निर्णय गरेको अध्यक्ष झलनाथ खनालले जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्री माधवकुमार नेपालले दलहरुसंग भएका परार्मशका बारेमा जानकारी गराउनु भएको छ ।
प्रधानमन्त्री माधवकुमार नेपालको समेत सहभागिता रहेको बैठकले माओवादीलाई सहमतिमा आउनका लागि

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: