RSS

माओवादीद्वारा गणतन्त्र दिवसको अवसरमा आयोजीत कार्यक्रम वहिस्कार, माओवादी सचिव गजुरेल भन्नुहुन्छ कार्यक्रममा सहभागी नभएर माओवादीले गल्ती गर्यो

29 May

काठमाडौं, जेठ १५ । एकीकृत माओवादीले तेस्रो गणतन्त्र दिवसको अवसरमा टुंडिखेलमा आयोजना गरिएको गणतन्त्र दिवसको कार्यक्रममा वहिस्कार गरेको छ । आज विहान विशेष कार्यक्रमका विच आयोजना गरिएको सो समारोहमा संविधान सभामा प्रतिनिधीत्व गरेका सवै दल सहित अन्य राजनैतिक दलहरुको सहभागतिा रहेको थियो ।
यता माओवादीका सचिव सीपी गजुरेलले तेस्रो गणतन्त्र दिवसका अवसरमा टुँडिखेलमा आयोजित सरकारी कार्यक्रममा सहभागी नभएर आफ्नो पार्टीबाट गल्ती भएको बताएका छन् । आज रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा नेता गजुरेलले भने, ‘हामीले गणतन्त्र दिवसको कार्यक्रम बहिष्कार गरेका होइनौं । तर, हिजो रातिसम्म अनिदो बस्नु परेको र को सहभागी हुने भन्ने बारे ठोस निर्णय नभएकाले नगएका हौं । यो नियतबशभन्दा पनि नितान्त प्राविधिक कारण मात्र त्यस्तो भएको हो ।’ हिजो त्यस्तो सहमति भइसकेकाले बहिष्कार गर्ने कार्यक्रम नरहेको उनको भनाइ थियो ।
कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य प्रदीप ज्ञवालीले गणतन्त्र दिवसका अवसरमा भएको साझा कार्यक्रममा सहभागी नभएर माओवादीले गल्ती गरेको औंल्याए । उनले भने, ‘त्यो कार्यक्रम सरकारको भन्दा पनि राज्यको साझा कार्यक्रम हो । माओवादीले त्यसलाई बहिष्कार गरेकाले अझै पनि सहमतिको राजनीति अघि बढ्नेमा जनतामा अविश्वास देखिएको छ ।’ कार्यक्रममा राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री माधवकुमार नेपाललगायत सबै दलका प्रतिनिधिको सहभागिता थियो ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: