RSS

माओवादी नागरिक पार्टी भएमात्र राष्ट्रिय सरकारः कांग्रेस, प्रधानमन्त्रीको राजीनामा र राष्ट्रिय सहमति सँगसँगै ओली

30 मे

काठमाडौं, जेष्ठ १६
कांग्रेसले माओवादी नागरिक पार्टी भएमात्र राष्ट्रिय सरकार बनाउन सकिने दोहोर्‍याएको छ । उसले राष्ट्रिय सहमतिको सरकार गठन गर्ने अडानलाई पनि दोहोर्‍याएको छ ।
सिंहदरवारमा आइतबार बसेको संसदीय दलको बैठकले समायोजन हुने माओवादी लडाकुको संख्या तोक्नुपर्ने, कब्जा घर जग्गा फिर्ता र वाईसीएलको अर्धसैन्य संरचना खारेज गरी माओवादी नागरिक पार्टीमा रुपान्तरण भएपछि मात्र राष्ट्रिय सरकार निर्माणको बाटो खुल्ने जनाएको छ । अहिलेकै अवस्थामा माओवादीलाई सहयोग गर्न नसक्ने निर्णयमा कांग्रेस पुगेको छ ।
संविधानसभाको म्याद एक बर्ष थप भएपछि भावी रणनीति तय गर्न बसेको बैठकमा संसदीय दलका नेता रामचन्द्र पौडेलले शुक्रबार राति माओवादीसँग भएको सहमति’bout सभासदहरुलाई जानकारी गराएका थिए । बैठकले अवको एक बर्ष संविधान निर्माणका लागि घनिभूतरुपमा लाग्ने निर्णय गरेको सभासद उमा रेग्मीले जानकारी दिइन् ।

ओली दिल्ली प्रस्थान / ‘प्रधानमन्त्रीको राजीनामा र राष्ट्रिय सहमति सँगसँगै’

काठमाडौं, जेष्ठ १६
एमाले नेता केपी शर्मा ओलीले प्रधानमन्त्रीको राजीनामा र राष्ट्रिय सहमतिको निर्माण सँगसँगै अघि बढ्ने बताएका छन् ।
‘प्रधानमन्त्रीको राजीनामा स्वतन्त्र विषय होइन । राष्ट्रिय सहमति बनाउनका निम्ति हो,’ आइतबार भारतको राजधानी दिल्ली प्रस्थान गर्नुअघि उनले भने, ‘अगाडि र पछाडि भन्ने भन्दा पनि यी दुवै सँगसँगै अघि बढ्ने विषय हुन् । तीन दलबीच तीन बुँदामा भएको सम्झौताको अर्थ सहमतिको यात्रामा गएर राष्ट्रिय सहमतिको सरकार बनाउने हो ।’
शान्ति प्रक्रिया सफल बनाउने सन्दर्भमा बाँकी रहेका विषयमा सहमति कायम गरे राष्ट्रिय सरकार निर्माणका निम्ति प्रधानमन्त्रीले राजीनामा दिने जानकारी दिँदै उनले भने, ‘सकेसम्म छिटै सहमति होस् भन्ने हो ।’ पाँच दिनमा राजीनामा दिने सहमति भएको होइन ? भन्ने प्रश्नको उत्तरमा उनले भने, ‘पाँच दिनमा सहमति भयो भने त राम्रो हो ।’
राष्ट्रिय सरकारको नेतृत्व सहमतिमा तय गरिने उनले बताए । तपाई नै प्रधानमन्त्री हुने चर्चा छ नि भन्ने प्रश्नको उत्तरमा ओलीले भने, ‘त्यो पनि राम्रै हुन्छ ।’ नियमित उपचारका लागि दिल्ली गएका ओली सोमबार स्वदेश फर्कने कार्यक्रम छ ।

Advertisements
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

 
%d bloggers like this: