RSS

अब मधेसवादी दलबाट गच्छदार प्रधानमन्त्री ः मन्त्री ओझा

30 May

काठमाडौं, जेठ १६ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्री सर्वदेवप्रसाद ओझाले चौथो ठूलो दल मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारलाई प्रधानमन्त्री बनाउनुपर्ने बताएका छन् । आज रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा मन्त्री ओझाले भने, ‘सरकार सञ्चालनमा माओवादी, कांग्रेस र एमाले असफल भइसकेका छन् । प्रमुख तीन दल असफल भइसकेपछि स्वाभाविक रुपमा मधेसवादी र चौथो ठूलो दलका संसदीय दलका नेताका हिसाबमा विजयकुमार गच्छदार प्रधानमन्त्री हुनुपर्छ ।
ओझाले प्रधानमन्त्रीको दौडमा गच्छदारको शतप्रतिशत सम्भावना रहेको दाबी गरे । ‘प्रचण्डले पनि सक्नुभएन, माधवकुमार नेपालले पनि नसकेको निष्कर्षमा पुग्ने हो भने अब सरकारको नेतृत्वमा हाम्रो स्वाभाविक दाबी रहन्छ,’ उनले भने– यसमा दलहरुबीच सहमति हुन सक्छ ।
उनले राष्टिय सहमतिको सरकारको खाका प्रस्तुत भएपछि मात्र प्रधानमन्त्रीले राजीनामा दिने बताए । ‘आधिकारिक रुपमा पाँच दिनभित्रै राजीनामा दिन लगाउने भन्ने कहीँ छैन,’ उनले भने– तर, सहमतिमाथि सहमति भएको एक घन्टाभित्रै प्रंधानमन्त्रीले राजीनामा दिन अवस्था आउँछ ।
रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कार कार्यक्रममा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का नेतासमेत रहेका मन्त्री ओझाले मुलुकमा २३० आइएनजिओ र हजारौं एनजिओमार्फत वर्षेनी २१ अर्बभन्दा बढी सहयोग आए पनि मुलुकका समस्या जहाँको तहीँ रहेको बताए । ‘अहिले सहयोग ल्याउने तर काम नगर्ने ४४ वटा आइएनजिओमाथि कारबाही भएको छ,’ उनले भने– कतिसम्म भने सडक बालबालिकाका लागि काम गर्न भनेर ३ अर्ब सहयोग भित्राउने एउटा आइएनजिओले केही पनि नगरेको उदाहरण पनि भेटियो । सडक बालबालिका रहेको काठमाडौंमा समेत गैरसरकारी संस्थाको भूमिका प्रभावकारी नभएको उनको भनाइ थियो ।
मन्त्री ओझाले धर्मपुत्रपुत्री सम्बन्धी विवाद समाधान हुने आशा व्यक्त गरे । ‘धर्मपुत्रपुत्रीसम्बन्धी व्यवस्थामा धेरै विवाद छन्,’ उनले भने–गइसकेका बच्चालाई मोनिटरिङ गर्ने हो, फर्काउन सकिँदैन । उनले नेपाली बच्चा कहाँ कहाँ छन् भनेर नेपाली दूतावासहरुमा समेत तथ्यांक राख्ने व्यवस्था मिलाउन लागिएको पनि जानकारी दिए ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: