RSS

पाँच दिन भित्रमा आफनो राजिनामा सहमतीको माओवादीवाट अपव्याख्या ःप्रधानमन्त्री नेपाल, पाँचदिन भित्र राजीनामा दिने मौखिक सहमतिः उपाध्यक्ष बैद्य

30 May

काठमाण्डौ १६, जेष्ठः

प्रधानमन्त्री माधव कुमार नेपालले माओवादी र आफुविच पाँच दिन भित्र राजीनामा दिने सहमती नभएको वताउनु भएको छ । माओवादीले भन्ने जस्तो पाँचै दिन भित्रमा आफुले राजीनामा दिने मनस्थीतिमा नरहेको नेपालको कथन थियो ।
उहाँले माओवादीसंग भएको सहमतीमा यथासक्य चाँडो भन्ने उल्लेख भएको भएपनि पाँच दिन भन्ने शव्द नरहेकाले आफुले तत्तकाल राजिनामा नदिने समेत वताउनु भयो ।
आज विहान प्रधानमन्त्री निवास वालुवाटारमा सरकारलाई सर्मथन गर्न १० दलसंगको छलफलको क्रममा नेपालले यस्तो वताउनु भएको हो । प्रधानमन्त्री नेपालले तिन दलले सहमतीले गर्ने जुनसुकै निर्णय पनि आफुलाई स्वीकार्य रहेको समेत वताउनु भएको छ ।
आफुहरुसंग परामर्शनै नगरी प्रधानमन्त्रीले सहमती गरेको प्रति १० दलले आपत्ती जनाएपछि प्रधानमन्त्री नेपालले यस्तो वताउनुभएको वताइएको छ । वैठक पछि वाहिर निस्कने क्रममा मालेका महासचिव सिपी मैनालीले माओवादीले अस्तीको सहमतीको अपव्याख्या गरेर पाँचदिन भित्र आफनो राजिनामा आउने भनेर भ्रम फैलाएको भनेर प्रधानमन्त्रीले साना आफुहरुलाई वताएको जानकारी गराउनु भयो ।

छलफलमा सहभागी १० दलले शान्ति प्रकृया र संविधान र्निमाणको स्पष्ट कार्ययोजना सहित राष्ट्रिय सरकार वनेपछि मात्र राजिनामा गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका थिए । उनिहरुले माओवादी लडाकुहरुको समायोजन,व्यवस्थापन, कव्जा गरेको सम्पत्ती र्फिता लगाएत माओवादीको प्रतिवद्धताको व्यवहारीका कार्यन्वयन पछि मात्र माओवादीसंग विश्वास गर्न सकिने वताएका थिए । माओवादीसंग भएको सहमतीको वुदाहरु यस्तो थियो
दलहरुबीच भएको सहमति पत्रको व्यहोरा

ऐतिहासिक जनआन्दोलनको जनादेश, नेपालको अन्तरिक संविधान २०६३, लोकतन्त्र दिगो शान्ति तथा बिस्तृत शान्ति सम्झौता अनुरुप हामीहरु निम्नलिखित प्रतिवद्धता गदैर्छा ।

१. शान्ति प्रक्रियालाई सार्थक निस्कर्षमा पुर्याउन यस सम्बन्धमा बाँकी कामहरु अविलम्ब सम्पादन गर्न तथा नयाँ संविधान निर्माणको ऐतिहासिक जिम्मेजवारी पुरा गर्न सहमति र सहकार्यका साथ अघि बढ्न हामी दृढ प्रतिज्ञ छौ ।

२ नयाँ संविधान निर्माणको प्रक्रियामा उल्लेखनिय काम भएपनि सबै कार्य पुरा नभएकाले संविधानसभाको कार्यावधि एक वर्ष थप्न हामी सहमत छौ ।

३. उपयुक्त जिम्मेवारी एवं कार्यहरु यथाशिघ्र सम्पन्न गर्ने सहमतिका आधारमा राष्ट्रिय सहमतिको सरकार गठन गरी अघि बढ्न हामी तत्पर छौ । यसका लागि वर्तमान संयुक्त सरकारका प्रधानमन्त्री अविलम्ब राजिनामा गर्न तत्पर रहनेकुरा स्पष्ट गर्दछौ ।

पुष्पकमल दाहाल, शुशील कोइराला, झलनाथ खनाल

पाँचदिन भित्र राजीनामा दिने मौखिक सहमतिः उपाध्यक्ष बैद्य

काठमाण्डौ १६ जेष्ठ । एकीकृत नेकपा माओवादीका बरिष्ठ उपाध्यक्ष मोहन बैद्यले मुख्य तीन दलबीच प्रधानमन्त्रीले पाँचदिन भित्र राजीनामा दिने मौखिक सहमति भएको बताउनु भएको छ ।राजधानीको जनसंचार अभियानमा आज आयोजित साक्षात्कारमा उहाँले पाँच दिनभित्र राजीनामा आए मात्र सहमतिको प्रकृया अघि बढ्ने बताउनु भयो । सहमति पालाना नभए काँगेस र एमालेलाई घाटा हुने भन्दै उहाँले अन्यथा विश्वासको बातावरण खल्बलिने तथा दलहरुबीच नैतिक संकट उत्पन हुने चेतावनी दिनुभयो । सेना समायोजनको लागि कार्यदल बनाउने अन्य दलको प्रस्ताव आफुहरुलाई मान्य नभएको बताउँदै उहाँले सैद्धान्तिक सहमति बिना कार्यदलको कुनै अर्थ नहुने उहाँको भनाई थियो । उहाँले जनसेनाको संख्या तोक्ने कार्य अगाडी नभई उनीहरुको इच्छाअनुसार समायोजन हुनुपर्ने आफनो पार्टीको अडान यथावत रहेको बताउनु भयो ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: