RSS

लुम्वीनि स्थीत माँयादेवी मन्दीरमा चोरी

30 May

काठमाण्डौ १६, जेष्ठः
शान्तिका प्रतिक गौतम वुद्धको जन्म उत्सव चलिरहंदा लुम्वीनि स्थीत माँया देवी मन्दीरमा भने भगवानलाई चढाएको भेटीनै चोरी भएको छ । माँया देवि मन्दीर भित्र रहेको रहेको दानपत्रको सिसा फोरी नगद चोरी भएको वताइएको छ । लुम्बिनी आर्दश गाविसस्थित भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा रहेको मायाँदेवी मन्दिरमा रहेको दानपत्रको गएराती चोरी भएको हो ।
चोरी भएको खवर पाएपछि पुगेको प्रहरी टोलीले मन्दिरको दुवै ढोकाको ताल्चा खुल्ला अवस्थामा रहेको वताएको छ । प्रहरी टोलीले मन्दिरभित्र रहेको दानपत्रमध्ये सिसाको २ वटा दानपत्रको माथिको सिसा उप्काएको, मायाँदेवीको मुर्ति भएको ठाउँको दानपत्रको ताल्चा फोडी चोरी भएको वताइएको छ । दानपत्रमा कति पैसा थियो र चोरी भयो भन्नेवारेमा एकिन हुन सकेको छैन् । मन्दीर र्दशनमा आएका दर्शनार्थीले आफुखुसी रकम दान पत्रमा राख्ने र भरिएपछि एकै पटक मात्र खोलीने भएकाले पनि यति रकम थियो भन्नेमा अनुमान गर्न नसकेको वताइएको छ । मन्दीर भित्र रहेको नगद चोरी भएको भएपनि अन्य धातुका मालसानहरु चोरी नभएको वताइएको छ ।
चोरी भएको जानकारी पाएपछि पुगेको प्रहरी टोलीले प्रारम्भीक अनुसन्धानको लागि भनि माँयादेवी मन्दिरको गेटमा डिउटीमा रहेका गु्रप फोर कम्पनीका २ सेक्युरीटी गार्डलाई नियन्त्रणमा लिएको छ ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: