RSS

छ महिनापछि तपस्वी फेला

01 Jun

रासस

बारा, जेष्ठ १८ – रतनपुरीका चर्चित तपस्वी रामबहादुर बम्जन छ महिनापछि चुरे पहाडको फेदीमा फेला परेका छन् ।
गढीमाई मेलामा हुने हुने प्ाशुबलि रोक्न मङ्सिर महिनामा गढीमाई मन्दिर हिडेकामा आफ्नो साविक तपस्यास्थान पसाहाको हलखोरिया दहमा नफर्की तपस्वी अन्यत्रै लागेका थिए ।नमोबुद्ध तपोवन संरक्षण समितिका अध्यक्ष वेदबहादुर लामासहितको टोलीले खोजतलास गर्दा चुरेको मिरी वनमा तपस्वीलाई फेला पारिएको बताइएको छ ।हलखोरियामा होहल्ला भएकाले बाधा पुगेपछि छ वर्षको तपस्या पुरा गर्न एकान्तको खोजीमा चुरे पुगेको तपस्वीलाई उद्धृत गर्दै अध्यक्ष लामाले बताए ।

तपस्वी पहिलेजस्तै अवस्थामा रहेको बताउादै अध्यक्ष लामाले तपस्वीको शारीरिक तन्दुरुस्तीमा कुनै फरक नपाइएको जानकारी दिए । भेटका क्रममा आगामी वर्ष जेठ ६ गते छ वर्षे तपस्या पूरा गरी र्फकेर अनुयायीलाई सिद्धि र ज्ञान बाड्ने बम्जनले बताएको अध्यक्ष लामाले उल्लेख गरे ।

समितिको सुरक्षामाझ हलखोरियामा तपस्या गर्दै आएका ‘लिटिल बुद्ध’ यसअघि पनि बेलाबेलामा हराउदै सार्वजनिक हुने गरेका थिए ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: