RSS

दुर्जकुमार र कुवेरसिंहको विभूषण फिर्ता ,विभूषण समितिले माफी माग्यो, विभूषणविरुद्ध सर्वोच्चमा रिट

01 Jun

काठमाडौं, जेष्ठ १८
सरकारले गठन गरेको विभूषण छनोट समितिले जनआन्दोलन दबाउने तथा मानवअधिकार उलंघनको आरोप लगाइएका डीआईजी दुर्जकुमार राई र एसपी कुवेरसिंह रानालाई दिइएको पदक फिर्ता लिन मन्त्रिपरिषदमा सिफारिश गर्ने निर्णय गरेको छ ।
विभूषण छनोट समितिको मंगलबार बसेको बैठकले डीआईजी राई र एसपी रानालाई दिएको पदक विवादित बनेको भन्दै फिर्ता लिएको हो । २०६२ / ६३ को आन्दोलन दबाउन विशेष भूमिका खेलेका तत्कालीन सेनापति रुक्मांगद कटवाल, जनआन्दोलनलाई प्रत्यक्ष रूपमा दबाउन सहभागी तत्कालीन डीआईजी दुर्जकुमार राई, मानव अधिकार उल्लंघनको सिलसिलामा मावन अधिकार आयोगबाट समेत कारबाहीको सिफारिसमा परेका तत्कालीन डीआईजी कुवेरसिंह रानालाई विभूषित गर्नुले सहिदहरूको बलिदानबाट प्राप्त गणतन्त्रको अपमान भएको भन्दै सर्वत्र आलोचना भएको थियो ।
विभूषण छनोट समितिले राना र राईबाट पदकका बिषयमा पुर्नविचार गर्न निवेदन मगाएर पदक फिर्ता लिएको बताइएको छ । विभूषणका बिषयमा मंगलबार साँझ नै गृहमन्त्रालयले औपचारिक प्रेस वक्तव्य सार्वजनिक गरेको छ । २०६७।०२।१८

बिज्ञप्ति

नेपाल सरकार (मं.प.) ले मिति २०६७।१।८ मा बिभूषण ऐन, २०६४ मा व्यवस्था भएको नौ सदस्यीय बिभूषण मितिको गठन गरेको । सो मितिको बैठक मिति २०६७।१।२६, २०६७।१।२७, २०६७।२।९ र २०६७।२।१० गरी ४ (चार) पटक बसी समितिले मानपदवी, अलंकार र पदक प्राप्त गर्नु हुने विभिन्न महानुभावहरुको नामावली नेपाल सरकार -मं.प.) मा सिफारिश गरेकोमा नेपाल सरकार (मं.प.) को मिति २०६७।२।११ मा बसेको बैंठकले सो नामावली स्वीकृत गरी नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५२ बमोजिम घोषणाका लागि सम्माननीय राष्ट्रपतिज्यू समक्ष सिफारिश गरे अनुरुप गणतन्त्र दिवसको अवसरमा मिति २०६७।२।१५ का दिन सम्माननीय राष्ट्रपतिज्यूबाट मानपदवी २१८, अलंकार १५ र पदक ३६ पाउने विभिन्न महानुभावहरुको नाम घोषणा भएको हो । उक्त घोषणामा नाम परेकाहरुमध्ये प्रहरी नायब महानिरीक्षक कुबेरसिंह राना र सशस्त्र प्रहरी नायव महानिरीक्षक दुर्जकुमार राईको नाममा सार्वजनिक रुपमा उठेका टिकाटिप्पणीलाई ध्यानमा राखी जनआवाजको कदर गर्दै विभूषण समितिको आज बसेको बैठकले उक्त नामका सम्वन्धमा पुनर्विचार गर्न मन्त्रिपरिषद्मा सिफारिश गर्ने निर्णय गरेको छ । नितान्त छोटो समय लगायतका कारणहरुबाट यस पटक रहन गएका कमी-कमजोरीलाई महसूश गर्दै आगामी दिनमा त्यस प्रकारका कमी कमजोरी रहन नदिन स्पष्ट मापदण्ड/कार्यविधि तयार गर्न विभूषण समितिका सदस्यहरु मध्येबाट डा. दीपबहादुर स्वार, डा. रामस्वरुप सिन्हा र डा. गोविन्दप्रसाद थापा रहनुभएको उपसमिति गठन गरिएको छ । यसप्रकार ऐन, नियमका साथै तत्सम्बन्धी मापदण्ड/कार्यविधिको आधारमा अघि बढ्ने प्रतिबद्धताका साथ यसपटक रहन गएका कमी-कमजोरीबाट पर्न गएको नकारात्मक असर र असुविधाका लागि सम्बन्धित सबैमा क्षमा याचना गर्दछौं । साथै विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएबापत राज्यबाट प्रदान गरिएको मानपदवी, अलङ्कार र पदकलाई सबैबाट सकारात्मक रुपमा ग्रहण गरिनेछ भन्ने अपेक्षा गर्दछौं ।

(डा. गोविन्दप्रसाद कुसुम)

सदस्यसचिव

विभूषण समिति

विभूषणविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं, जेष्ठ १८

सरकारले गणतन्त्र दिवसका अवसरमा विभिन्न व्यक्तित्वलाई प्रदान गरेको विभूषणविरुद्ध सर्वोच्चमा रिट दायर परेको छ । ईन्हुरेड इन्टरनेशनलका तर्फबाट उक्त विभूषण प्रदान गर्ने निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको हो ।
रिटमा सरकारद्वारा प्रदान गरिएको विभूषण अन्तरिम संविधान विपरीत भएको भन्दै उक्त निर्णय बदर गर्न माग गरिएको छ ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: