RSS

प्रधानमन्त्रीलाई राजीनामा दिलाउने बिषयमा सहयोग गर: माओवादि, सहमति कार्यान्वयनको निश्चितता नभएसम्म प्रधानमन्त्रीको राजीनामा आउदैन: संचारमन्त्रि

01 Jun

काठमाण्डौं १८ जेठ ।
संविधानसभामा प्रतिनिधित्व गर्ने २२ दलले मुख्य दलविच भएको सहमति जस्ताको त्यस्तै कार्यान्वयन गर्न मुख्य दललाई सुझाव दिएका छन् ।आज विहान काँग्रेस र एमाले बाहेक दलसँग प्रमुख प्रतिपक्ष एकीक्रित माओवादीले गरेको छलफल उनिहरुले सहमतिबाटै अघि बढ्न आग्रह गरेका हुन् । माओवादि संविधानसभा दलको कार्यलयमा भएको छलफलको सुरुवातमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुख्य दलविच भएको छलफल लिखिता र अलिखित दुवै उल्लेखित सबै सहमतिबारे दलहरुलाई ब्रिफिङ गर्नुभएको थियो । छलफलमा दलहरुले तीन प्रमुख दलसँग संयुक्त छलफल गर्नुपर्ने र त्यसका लागि गृहकार्य गर्ने माओवादीलाई आश्वासन दिएका छन् । राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले मुख्य तीन दलबीच भएको मौखिक सहमति अपरिपक्व भएकोले समस्या आएको बताउनुभयो । उहाँले प्रधानमन्त्रीको राजीनामाको बिषयलाई मात्र प्राथमिकता दिनुभन्दा शान्तिप्रक्रियाको बिषयमा ठोस प्रस्ताव ल्याउन माओवादीलाई आग्रह गरेको जानकारी दिनुभयो । डा. लोहनीले सहमति कार्यान्वयनका बिषयमा एकीकृत नेकपा माओवादी, नेपाली काङ्ग्रेस र नेकपा एमालेसँग बुधबार संयुक्त छलफल गर्ने बताउनुभयो ।
यता माओवादिले भने तीन दलको सहमति कार्यान्वयनका विषयमा सहयोग गर्न संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुसँग आग्रह गरेको छ । २२ दलसँग भएको संयुक्त परामर्शमा मुख्य तीन दलबीचको सहमतिअनुसार प्रधानमन्त्रीलाई राजीनामा दिलाउने बिषयमा सहयोग गर्न आग्रह गरेको हो । बैठकपछि एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले १४ गते भएको सहमति कार्यान्वयनका लागि दवाव दिन पार्टीले साना दलहरुसँग अपील गरेको जानकारी दिनुभयो । श्रेष्ठले पाँच दिन भित्र राजीनामा दिने सहमतिबारे साना दलहरु पनि स्पष्ट भएको भन्दै भोलीसम्ममा प्रधानमन्त्रीले राजीनामा नदिए देश गम्भीर दुर्घटनामा जाने चेतावनी दिनुभयो ।

सहमति कार्यान्वयनको निश्चितता नभएसम्म प्रधानमन्त्रीको राजीनामा आउदैन: संचारमन्त्रि

काठमाण्डौं १८ जेठ

सुचना तथा संचारमन्त्रि शंकर पोखरेलले ३ दल विच भएको सहमति कार्यान्वयनको निश्चितता नभएका कारण प्रधानमन्त्रिले राजीनमा नदिएको दाबी गर्नुभएको छ । सरकारका प्रवक्ता समेत रहेका पोखरेलले सहमति कार्यान्वयनमा दलहरुले प्रतिबद्धता जनाए प्रधानमन्त्रीले तत्काल राजीनामा दिने बताउनुभयो । राजधानीमा आज आयोजित एक कार्यक्रममा उहाँले लडाकु समायोजनबारे ३ दलविच मतभेद भएकाले सहमति हुन नसकेको बताउनुभयो । पोखरेलले भन्नुभयो – “हतियार र लडाकु छाडे आफु कमजोर हुन्छु भन्ने माओवादीको भ्रम र नछाडे आफुहरु कमजोर हुने काँग्रेस र एमालेको डरका कारण द्वन्द्ध बढेको हो ।” उहाँले आ-आफ्नो हट त्यागेर शान्ति र संविधान निर्माण प्रक्रियमा केन्द्रित हुन दलहरुलाई आग्रह गर्नुभयो ।

नेता ओली फकर्दै

काठमाण्डौ १८ जेष्ठ

नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओली भारतको राजधानी नयाँ दिल्लीबाट आज स्वदेश फकर्दै हुनुहुन्छ । उपचारका लागि नयाँ दिल्ली गएको आईतबार बेलुका जानुभएका एमाले नेता ओली आज काठमाण्डौ फर्कन लाग्नुभएको स्रोतले जनाएको छ । नयाँ दिल्लीमा रहदा उहाँले भारतीय नेताहरुसंग नेपालको पछिल्लो राजनीतिक बिषयमा छलफल गर्नु भएको बुझिएको छ । यस अघि हिजो काठमाण्डौ फर्कने भनिएपनि एमालेका नेता ओली ब्यस्तताका कारण फर्कन सक्नु भएको थिएन ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: