RSS

अबको प्रधानमन्त्री म : गुरुङ

11 Jun

काठमाडौ, २८ जेठ
नेपाली काङ्ग्रेसका महामन्त्री कूलबहादुर गुरुङले अबको राष्ट्रिय सहमतिको सरकारको नेतृत्व आफूले गर्न पाउनुपर्ने बताएका छन् ।

काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा तीन पटक प्रधानमन्त्री भइसकेको र संसदीय दलका नेता रामचन्द्र पौडेल उपप्रधानमन्त्री र सभामुख भइसकेकोले अबको नेतृत्व आफूले गर्न पाउनुपर्ने गुरुङले बताए ।राजधानीमा शुक्रबार भएको एक कार्यक्रममा गुरुङले भने- “देउवाको लागि प्रधानमन्त्री पद फाटेको जुत्ता हो, पौडेलले उपप्रधानमन्त्रीबाट राजिनामा दिइसकेका हुन् त्यसैले पुरानो काङ्ग्रेसको नाताले पनि मेरो पालो आएको छ ।
बाह्र बुँदे सहमतिदेखि अहिलेसम्म माओवादीले जनताका नाममा गरेका प्रतिबद्धता पूरा नगरेकोले उमाथि विश्वास हुन नसकेको बताउँदै महामन्त्री गुरुङले विश्वासको वातावरण बनाउन माओवादीले प्रतिबद्धता पूरा गर्नुपर्ने धारणा राखे । उनले भने- “अहिलेसम्म सहमति कार्यान्वयनको दिशामा माओवादीले एउटा सिन्कोसम्म भाँचेको छैन । अनि कसरी सहमति हुन्छ ।”माओवादीले विश्वासको वातावरण निर्माण गरेपछि मात्र राष्ट्रिय सहमतिको सरकार निर्माणको कुरा आउने र त्यसपछि जसले विश्वास प्राप्त गर्छ त्यही प्रधानमन्त्री हुने उनले बताए । अहिलेको मुलुकको आवश्यकता सरकार बनाउने भन्दा पनि संविधान बनाउने भएको बताउँदै उनले संविधान नबनेसम्म जुनसुकै सरकार र प्रधानमन्त्री बने पनि केही फरक नपर्ने दावी गरे ।
महामन्त्री गुरुङले भने- “सबै समस्याको सभाधान गर्न संविधान बन्नुपर्छ । संविधान बनाउन संविधानसभा अध्यक्ष र संवैधानिक समितिका सभापतिले विज्ञहरूसँगको छलफलबाट सहमतिको विन्दु खोजेर संविधानको खाँका बनाउनुपर्छ । अनिमात्र संविधान बन्न सक्छ ।” एकदमै सक्षम, इमानदार र सबैलाई समेटर लैजाने किसिमको व्यक्तिले नै काङ्ग्रेसको नेतृत्व गर्ने उनले बताए । काङ्ग्रेसको महाधिवेशन यही भदौमा हुदैछ ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: