RSS

बेरुजु फर्छ्यौटको विषयमा जानकारी देउ : लेखा समिति,परिषद्का उपाध्यक्ष र सदस्य सचिवलाई लेखा समितिले बोलाउने

11 Jun

काठमाडौँ, २८ जेठ
सार्वजनिक लेखा समितिले बेरुजु फर्छ्यौटको सम्बन्धमा स्पष्ट जानकारी दिन बेरुजु फर्छ्यौट समितिलाई निर्देशन दिएको छ ।

बेरुजु फर्छ्यौट गर्दा कति मिनाहा गरियो र कति रकम असुली भयो भन्ने बारेमा असार २ गते बस्ने बैठकमा विवरण उपलब्ध गराउन समितिले भनेको छ । आर्थिक वर्ष ०५९/६० सम्म १५ अर्ब बेरुजु रहेकोमा २०६७ जेठ २५ गतेसम्म जम्मा ५ अर्ब ६८ करोड मात्र फर्छ्यौट भएको छ ।

मन्त्रिपरिषद्को निर्णय अनुसार लेखा समितिले बेरुजुको अध्ययन गर्न २०६५ फागुन २१ गते बेरुजु फर्छ्यौट समिति गठन गरेको थियो । बेरुजु फर्छ्यौट समितिको म्याद असार मसान्तमा सकिँदैछ । निर्धारित समयसम्म सबै बेरुजु फर्छ्यौट गरिने समितिका संयोजक उषा गुरुङले ओएनएसलाई जानकारी दिइन ।

परिषद्का उपाध्यक्ष र सदस्य सचिवलाई लेखा समितिले बोलाउने

काठमाडौँ, २८ जेठ

सार्वजनिक लेखा समितिले उच्चमाध्यमिक शिक्षा परिषद्का उपाध्यक्ष, सदस्य सचिव र बोलपत्र आहृवान समितिका सदस्यहरुलाई अर्को बैठकमा बोलाउने भएको छ ।

कक्षा ११ र १२ को प्रश्नपत्र र उत्तरपुस्तिका छपाइमा भएको अनियमितताबारे सदस्य सचिव र लेखा नियन्त्रकले फरक फरक धारणा राखेपछि समितिले यस्तो निर्णय गरेको हो । शुक्रबार बसेको समितिको बैठकमा परिषद्का लेखा प्रमुख कामेश्वर मण्डलले प्रश्नपत्र र उत्तरपुस्तिका छपाइमा पैसा भुक्तानी गर्न बाँकि नरहेको बताए ।

यसअघि लेखा समितिको बिहीबारको बैठकमा सदस्य सचिवले ६४ लाख भुक्तानी गर्न बाँकी रहेको बताएका थिए । सदस्य सचिवले समितिलाई ढाँटेको भन्दै सदस्यहरुले बैठकमा आक्रोस पोखेका छन् ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: