RSS

माधव नेपालको सरकार ढल्दैनः ए माओवादी सचिव गजुरेल

13 जुन

काठमाडौ, ३० जेठ । एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकार अल्पमतमा परेपनि तत्काल नढल्ने बताउनु भएको छ ।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सचिव गजुरेलले नेपालमा सरकार बनाउँने ले माधवकुमार नेपाललाई हटाउँन नचाहेकोले बर्तमान सरकार नढल्ने दावी गर्नु भएको हो । उहाँले प्रधानमन्त्री नेपाललाई बोक्दा बोक्दै काग्रेस एमालेको काँध थाकिसके पनि भारतले नचाहेकोले प्रधानमन्त्रीले छाडछु भन्दा भन्दै पनि छाडन नसकेको ठोकुवा गर्नु भयो ।
रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा बोल्दै गजुरेलले भन्नु भयो–नेपाल मजदुर किसान पार्टीले दिएको समर्थन फिर्ता लिएपछि हिजोबाट प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकार अल्पमतमा परिसकेकोले नैतिकता भएको भए हिजै राजिनामा दिनु पर्थ्यो । उहाँले भन्नु भयो माधव नेपालसँग नैतिकता भन्ने शब्दै छैन ।
अघिल्लो वर्षको बजेटको मतदानमा तीन सय पाँच जनाको समर्थन रहेको सरकारलाई समर्थन गरेको नेमकिपाले फिर्ता लिएपछि सरकारलाई तीन सय सभासदको मात्र समर्थन बाँकी रहेकोले सरकार अल्पमतमा परिसकेको उहाँको दावी थियो । उहाँले भन्नुृ भयो– अल्पमतमा परे पनि आर्शिवाद दिनेले आशिर्वाद दिउन्जेल प्रधानमन्त्रीले कहि नभएको अल्पमतको सरकार चलाउँनु हुन्छ । यो अल्पमतको निरकुंशता हो ।
भारतसँग आफूहरुले चिसो संम्बन्ध बनाउन नचाहेको स्पष्ट पार्दै गजुरेलले भारतले माओवादीको सरकार बनाउँन नचाहेकोले पनि सरकार बन्न नसकेको बताउनु भयो । उहाँले भन्नु भयो– हाम्रो नेतृत्वमा अझै पनि भारतले सरकार बन्न दिदैन ।
पार्टीले राष्ट्रिय संयूक्त सरकारको नेतृत्वमा अध्यक्ष प्रचण्डको विकल्प नखोजेको स्पष्ट पार्दै उहाँले भन्नु भयो– प्रचण्डको विकल्प खोजेको भन्ने कुरा गलत हो । हाम्रो पार्टीले कसलाई प्रधानमन्त्रीको उमेदवार बनाउने भन्ने कुरा हाम्रो अधिकार हो । कसैले फलानालाई बनाउ भनेर हामि बनाउँदैनौ । अहिले पार्टीमा ज जसले प्रधानमन्त्रीको दावी गरे पनि प्रचण्ड बाहेक अरु कोही प्रधानमन्त्री बन्न असम्भव रहेको बताए ।
शान्ति प्रक्रियालाई निश्कर्षमा पु¥याएर माओवादीलाई नागरिक पार्टीमा रुपान्तरण नगरेसम्म राजिनामा दिन्न भनी प्रधानमन्त्रीले दिएको अभिब्यक्तिलाई बाहियात भन्दै गजुरेलले यस्तो अभिब्यक्ति अझै एकवर्षसम्म प्रधानमन्त्री बन्ने नेपालको ईच्छा भएको गजुरेलको दावी थियो ।
संविधानसभामा ठुलो पार्टी भएकोले र संविधानसभाको एजेण्डा माओवादीको भएकोले माओवादीको नेतृत्वमा सहमतिको सरकार बनाउनु पर्ने दावी गर्दै उहाँले पार्टी अध्यक्ष र संसदीय दलको नेता भएकोले पनि पार्टीले अध्यक्ष प्रचण्डको विकल्प खोज्न नसक्ने स्पष्ट पार्नु भयो ।
नेपाली काग्रेसका नेता डा. नारायण खड्काले अवको राष्ट्रिय सहमतिको सरकारको नेतृत्वमा काग्रेसको दावी रहेको घोषणा गर्दै भावी प्रधानमन्त्रीको लागि काग्रेसभित्र आफूलाई प्रस्तुत गर्ने धेरै नेताहरु मध्ये आफू पनि रहेको जानकारी दिनु भयो ।
शान्ति र संविधान निर्माणको मुद्दालाई थाति राखेर काग्रेसले सरकारको नेतृत्वको दावी नगर्ने स्पष्ट पार्दै नेता खडकाले त्यसमा माओवादीले ठोस प्रतिबद्धता ल्याए काग्रेले प्रधानमन्त्रीलाई थामेर नराख्ने बताउनु भयो ।
हामिले प्रधानमन्त्रीलाई काध थापरेर अड्याएका होइनौ । हामिले त केवल शान्ति प्रक्रिया र संविधान निर्माणको सनिश्चितता त्यस्तै विधि सम्मत निकाश मात्र खोजेका हौ ।
राष्ट्रिय सहमतिको सरकारको नेतृत्व माओवादीले गरे पनि कुनै आपत्ति नहुने उल्लेख गर्दै उहाँले भावी सरकारले शान्ति र संविधान निर्माणको विषयमा के के काम गर्ने भन्ने कुरा अहिले नै स्पष्ट हुनु पर्नेमा काग्रेसको जोड रहेको बताउनु भयो । शान्ति र संविधानको विवादित बुँदामा हुने सहमति राष्ट्रिय सहमतिको सरकारकोलागि आधार हुने स्पष्ट पादै खड्काले त्यस्तो नभई प्रधानमन्त्रीले राजिनामा दिए पुन बहुमतीय खेल सुरु हुने आशंका ब्यक्त गर्नु भयोे ।
नेकपा एमाले पोलिटब्यूरो सदस्य केशव बडालले आफ्नो पार्टीभित्र प्रधानमन्त्री हुने क्षमताका एक से एक नेता भएको दावी गर्दै दलहरुवीचको सहमतिको आधारमा अध्यक्ष झलनाथ खनाल पनि प्रधानमन्त्री बन्न सक्ने संभावना रहेको बताउनु भयो ।
शान्ति प्रक्रिया टुङगोमा पु¥याउने रुटिङग बनाएपछि प्रधानमन्त्री माधवकुमार नेपालले राजिनामा दिने जानकारी दिदै उहाँले सहमतिकोलागि कोही पनि बाधक हुन नहुने र एमाले बाधक नबन्ने ठोकुवा गर्नु भयो । अहिलेको आवश्यकता सहमति भएको बताउँदै उहाँले कुनै पार्टीलाई बाहिर राखेर शान्ति र संविधान बन्न नसक्ने बताउनु भयो ।

Advertisements
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

 
%d bloggers like this: