RSS

विदेशमा मरेकालाई स्वदेशमा सहयोग

13 Jun

काठमाडौं ३० जेठ । बैदेशिक रोजगारको क्रममा बहराईमा ज्यान गुमाएका संखुवासभाका रामकुमार गुरुङको परिवारलाई तमू समाज बहराईनले आर्थिक सहयोग गरेको छ ।
संखुवासभा जिल्ला माम्लिङ गाविस ९ घर भएका ३० वर्षीय गुरुङ वहराईनस्थित अब्दुल्ला सेन्टरमा काम गर्दै आएका थिए । उनको सन् २०१० मार्च २५ गते कोठामा सुतिरहेको अवस्थामा रहस्यमय ढंगले मृत्यू भएको थियो । वहराईनस्थित तमू समाज, त्यहाँ स्थापित संघ–संस्था र विभिन्न कम्पनीहरुबाट संकलित ३ लाख ४ हजार ३ सय ७ रुपैंया मृतककी श्रीमती रेविना गुरुङलाई रिपोर्टर्स क्लव नेपालका अध्यक्ष ऋषि धमला र माईती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोईरालाले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको छ ।
रकम हस्तान्तरण कार्यक्रममा माईती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले वैदेशिक रोजगारीमा पठाउने मेनपावरहरुलाई मानव दलालको संज्ञा दिंदै, यस्ता दलालको विषयमा कानुन फितलो भएकोले कडा कानुन ल्याउन सरकारसँग माग गर्नु भयो । उहाँले धेरैजसो नेपालीहरुलाई गैरकानुनी तबरबाट भारतीय बाटो प्रयोग गरि पठाउँदा विचल्लीमा पर्ने गरेको दावी गर्दै त्यस्ता कामलाई सरकारले प्रतिबन्ध लगाउनु पर्ने धारणा राख्नु भयो । कार्यक्रममा रिपोर्टर्स क्लव नेपालका अध्यक्ष ऋषि धमलाले वैदेशिक रोजगारीमा जाने सोझा साझा नपालीहरु दलालको फन्दामा परेर मेनपावरमा लाग्ने भन्दा बढी पैसा तिरेर विदेशीनु परेको बताउनु भयो । उहाँले विदेश गए पनि भने बमोजिमको काम नपाउदा घर न घाटको बन्नु परेको यथार्थ औल्याउँदै त्यस्तो कार्यलाई निरुत्साहित पार्दै जोखिम रहित बैदेशिक रोजगारीको अवस्था निर्माण गर्न कडा कानुन बनाउनु पर्ने माग गर्नु भयोे ।
आर्थिक सहयोग गरी मानवीय कार्य गरेको भन्दै धमला र कोइरालाले तमू समाज र सहयोगी अन्य संघसंस्थालाई बधाई तथा प्रशंसा पत्र प्रदान गर्नु भएको थियो । मृतक रामकुमार गुरुङका तीन छोरा एक श्रीमती छन् ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

 
%d bloggers like this: